arrow

भारतमा कोरोनाको संक्रमण र मृत्युदर बढ्दो, एकैदिन सबैभन्दा बढीलाई निको 

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । मंगलबार संक्रमितको संख्या ३ हजार ५२३ जना संक्रमित भएका छन् । 

योसंगै संक्रमितको संख्या ७४ हजार २९२ पुगेको छ । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने यो संख्यामा केही कमी आयो । सोमबार ३ हजार ५९१ जना नयाँ संक्रमित थपिए । 

२४ हजार ४२० जनालाई निको भएको छ । एकै दिन मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ८७१ जनालाई निको भएको छ । 

त्यसैगरी मृतक २ हजार ४१५ पुगेक छन् । मंगलबार १२० जनाको ज्यान गयो । यसअघि सोमबार ८१ जनाको र आइतबार १११ जनाको ज्यान गएको थियो । 

कहाँ कति संक्रमित  
महाराष्ट्रमा एकैदिन १०२६  जना संक्रमित थपिएका छन् । महाराष्ट्रमा २४ हजार ४२७ संक्रमित थपिएका छन् । 

त्यस्तै तमिलनाडुमा ७९६ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ८ हजार ७१८ पुगेका छन् ।  गुजरातमा ३६२ जना थपिएर ८ हजार ९०४ संक्रमित पुगेका छन् । 

दिल्लीमा ४०६ जना थपिएर संक्रमित ७ हजार ६३९ जना पुगेका छन् । मध्यप्रदेशमा २०१ जना थपिएर ३ हजार ९८६ पुगेको छ । 

राजस्थानमा १३८ जना थपिएर ४ हजार १२६ पुगेका छन् ।  

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै १२ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

यसैबीच १७ मेसम्म लकडाउन रहेकामा अझै बढ्ने पनि बताइएको छ । 

सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ९२१ जना पुगेका छन् । गुजरातमा ५३७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ