arrow

विश्वभर कोरोनाः रुस दोस्रो स्थानतिर अगाडि, यस्तो छ २५ देशको अवस्था

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बुधबार बिहानसम्म ४३ लाख ४० हजार पुगेको छ । मृतकको संख्या २ लाख ९३ हजार पुगेको छ । १६ लाख २ हजार भन्दा बढीको उपचारपछि निको भएको छ । 

२१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १४ लाख ८ हजार ६३६ पुगेको छ । आइतबार र सोमबारको तुलनामा मंगलबार संक्रमित र मृतक फेरि बढेका छन् । ८३ हजार ४२५ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ६९ हजार ५२० जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ९२० पुगेको छ । 

रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो ११ हजारको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ३२ हजार २४३ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ११६ जना पुगेका छन् । 

बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख २६ हजार ४६३ पुगेको छ । मृतक ३२ हजार ६९२ रहेका छन् । 

पाँचौ स्थानमा रहेको इटालीमा २ लाख २१ हजार २१६ जना संक्रमित हुँदा मृतक ३० हजार ९११ पुगेको छ । 

छैटौं स्थानको फ्रान्समा १ लाख ७८ हजार २२५ जना संक्रमित हुँदा २६ हजार ९९१ जनाको ज्यान गएको छ । 

सातौं स्थानको ब्राजिलमा १ लाख ७७ हजार ६०२ जना संक्रमित हुँदा १२ हजार ४०४ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७३ हजार १७१ जना संक्रमित हुँदा ७ हजार ७३८ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ४१ हजार ४७५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ८९४ छ । 

दशौं स्थानको इरानमा १ लाख ११ हजार ७६७ जना संक्रमित हुँदा ६ हजार ७३३ जनाको ज्यान गएको छ । 

११ औं स्थानको चीनमा ८२ हजार ९२६ जना संक्रमित भएका छन् । जहाँ सोमबार मात्रै १७ जना संक्रमित थपिएका थिए । मंगलबार १ जना संक्रमित थपिएका छन् । बुधबार ७ जना थपिएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

भारत १२ औं स्थानमा पुगेको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् ।  संक्रमितको संख्या ७४ हजार २९२ पुगेको छ । २४ हजार ४२० जनालाई निको भएको छ भने मृतक २ हजार ४१५ पुगेको छ । 

१३ औं स्थानको पेरुमा ७१ हजार ५९ जना संक्रमित हुँदा २ हजार ५७ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७१ हजार १५७ जना संक्रमित हुँदा ५ हजार १६९ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५३ हजार ७७९ जना संक्रमित हुँदा मृतक ८ हजार ७६१ पुगेका छन् ।

१६ औं स्थानको नेदरल्यान्डमा ४२ हजार ९८४ जना संक्रमित हुँदा ५ हजार ५१० जनाको ज्यान गएको छ । 

१७ औं स्थानको साउदी अरेबियामा ४२ हजार ९२५ जना संक्रमित हुँदा २६४ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ३८ हजार ३२४ जना संक्रमित हुँदा ३ हजार ९२६ जनाको ज्यान गएको छ । 

१९ औं स्थानको पाकिस्तानमा ३२ हजार ६७४ जना संक्रमित हुँदा ७२४ जनाको ज्यान गएको हो । 

२० औं स्थानको चिलीमा ३१ हजार ७२१ जना संक्रमित हुँदा ३३५ जनाको मृत्यु भएको छ ।

२१ औं स्थानको इक्वेडरमा ३० हजार ४१९ जना संक्रमित हुँदा २ हजार ३२७ को ज्यान गएको छ ।

 २२ औं स्थानको स्वीटजरल्यान्डमा संक्रमितको संख्या ३० हजार ३८० हुँदा १ हजार ८६७  ले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको पोर्चुगलमा २७ हजार ९१३ जना संक्रमित हुँदा १ हजार १६३ जनाको ज्यान गएको हो । 

२४ औं स्थानको स्वीडेनमा २७ हजार २७२ जना संक्रमित हुँदा ३ हजार ३१३ जनाको ज्यान गएको छ । 

२५ औं स्थानको कतारमा २५ हजार १४९ जना संक्रमित हुँदा १४ जनाको मात्र ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ