arrow

मानसिक रोगीलाई कोरोनाको संक्रमण, जनकपुरमा पीसीआर नेगेटिभ टेकुमा पोजेटिभ

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
coronavirus-hamrakuras1.jpg

सर्लाही । सर्लाहीमा अर्का एकजनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित दुई जना पुगेका छन् । 

मंगलबार जिल्लाको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय एकजना पुरुषको पीसीआर पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

 ‘पहिला जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो’, प्रजिअ जिसीले भने, ‘तर टेकुमा पठाईएको स्वाब परीक्षण भने पोजेटिभ आएछ ।’

प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत सुरक्षा अधिकारी एवं स्वास्थ्यर्मीहरुको टोली धनकौल गाउँ पुगेर उनलाई जनकपुरतर्फ पठाएको छ ।

 ‘मानसिक रोगको बिरामी भएकाले निकै समस्या पर्यो’, प्रजिअ जिसीले । मानसिक रोगका बिरामी उनी विभिन्न ठाउँमा डुल्दै हिँड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् । 

पहिला पनि उनी आईसोलेसनबाट भागेको बताईएको छ । भारत लगायत विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतले अनुमान गरेको छ ।

यसअघि जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय किशोरमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ