arrow

कोरोनाका बेला धान, मकै र आलु उत्पादन बढाउने कृषकलाई पुरस्कार 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
Miklajung_Gaunpalika1.png

पाँचथर । कृषिजन्य उत्पादनमा वृद्धि गर्ने कृषकहरुलाई पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सम्मान तथा पुरकार वितरण गर्ने भएको छ ।

कोरोना संकटबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उत्पादनमा वृद्धि गर्न उत्प्रेरणा जगाउने उद्धेश्यले सम्मान तथा पुरुस्कार वितरण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

जस अन्तर्गत आ.व. २०७७–०७८ मा ४० मुरीभन्दा माथि धान उत्पादन गर्ने कृषकहरुलाई १ लाख रुपैयाँ यस्तै ४ फुट उचाई, २० फुट लम्बाईको मकैको थाङग्रो बनाउनेलाई १ लाख रुपैयाँ र आ.व. ०७६–०७७ मा ३५ मन भन्दा माथि बर्खे र हिउँदे आलु उत्पादन गर्ने कृषकलाई प्रति के.जी २० रुपैयाका दरले पुरुस्कार वितरण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईले बताइन् । 

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ समेत पारित गरिसकिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले बताए ।

 खेतीयोग्य जमिन बाँझै रहेको, सिंचाईको प्रवन्ध राम्रो रहेको हुँदा खाद्यान्न आपूर्ति सहज होस् भनेर कृषकहरुलाई पुरुस्कार वितरण गर्न लागिएको उनले बताए ।

कृषिजन्य वस्तु उत्पादन गर्दा एकै परिवारले उक्त परिमाणमा खाद्यान्न उत्पादन गर्नुपर्ने छ । उत्पादनको विश्वसनीयताका लागि छुट्टै अनुगमन समितिसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ