arrow

पाकिस्तानमा हिन्दूमाथि फेरि आक्रमण, पत्नीलाई पतिकै अगाडी सार्वजनिक स्थलमा शारिरीक शोषण

पाकिस्तान गैर मुस्लिम हिन्दु सिख समुदायका लागि नर्क सरह

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
pakistan-hindu-victim.jpg

काठमाडौं । पाकिस्तानमा फेरि हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको छ। पाकिस्तानको पञ्जाबस्थित रहिमयार खान चोक नम्बर १२१ मा एक हिन्दु परिवारलाई मुस्लिम अतिवादी छिमेकीले आक्रमण गर्नुका साथै यौन हमला गरेका हुन् । 

गुलाब र उनकी श्रीमतीमाथि यो किसिमको दुर्व्यवहार भएको हो । गुलावमाथि सांघातिक हमला भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको छ। श्रीमतीलाई पनि गम्भीर भोट लागेको छ।

गरिव परिवार भएपनि धर्म परिवर्तन गरेर मुस्लिम बन्न नमानेका कारण उनीहरुमाथि एक पछि अर्को आक्रमण हुँदै आएको थियो। गुलाबकी श्रीमतीमाथि पतिकै अगाडी सार्वजनिकस्थलमै यौन हिंसा गरिएको थियो । 

जनताको अगाडि नै आफूहरु लज्जित हुनुपरेपछि उक्त गुलाबको परिवारले त्यो क्षेत्र नै छोड्न वाध्य भएको छ।

पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले सत्ता सम्हालेपछि हिन्दू धर्माबलम्बीमाथि चरम यातना हुँदै आएको छ । 

स्थानीय प्रशासनमाथि पनि हिन्दू समुदायलाई दमन गर्न सघाएको आरोप लाग्दै आएको छ । 

पछिल्लो समय पाकिस्तान गैह्र मुस्लिम समुदायका लागि नर्क जस्तै बन्दै गएको त्यहाँका अल्पसंख्यक समुदायका व्यक्तिहरुले बताउँदै आएका छन् । गैह्र मुस्लिम समुदायका व्यक्तिहरुमाथि एकपछि अर्को आक्रमण युवतीहरुलाई जवर्जस्ती मुस्लिम युवकहरुसँग विवाह गराउने लगायतका जवर्जस्ती हुँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ