arrow

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या २५ पुग्यो

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-test-nepalgunj.gif

नेपालगन्ज । नेपालगन्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो सँगै नेपालगन्जमा संक्रमितको संख्या २५ पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का एक ३६ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालगन्जमा यसअघि २४ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालगन्जमा संक्रमण भएका सबै एकै टोलका हुन् । उनीहरू सबैको खजुरा क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेपालमा कुल कोरोना संक्रमित २ सय १८ पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ