arrow

अफगानिस्तानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या २४ पुग्यो

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
afghanistan-attack.jpg

काबुल। अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा बन्दुकधारीहरुले हमला गरेका छन्। उनीहरुले गरेको सो हमलामा परी २४ जनाको ज्यान गएको छ। त्यहाँ भएको सो हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको बताइएको थियो। तर अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो हमलामा परी ज्यान जानेको संख्या २४ पुगेको जानकारी दिएका हुन्।

यहाँका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदले उक्त आक्रमणमा परी थप १६ जना घाइते भएको जानकारी दिए। उनले मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि पनि कारबाही गरिएको जानकारी दिए।

अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा बम विस्फोटन भएको र त्यस बम हमलामापछि बन्दुकबाट पनि आक्रमण गरिएको उल्लेख गरेका छन्।

त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ। त्यस अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरामीहरु पनि रहेको जानकारी दिएका छन्।

त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ। विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हमला गरेको हुनसक्ने बताइएको छ।
त्यहाँ विदेशी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु पनि कार्यरत रहेका थिए । यद्यपि सो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

त्यस अस्पतालका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई हमलाकारीले निशाना बनाएकोले उनीहरुले विदेशी कर्मचारीलाई नै आक्रमणको निशाना बनाएको हुनसक्ने बताइएको छ।

आक्रमणको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ