arrow

पाकिस्तानमा एकैदिनमा दुई हजार सङ्क्रमित थपिए

logo
पिटिआई,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-pakistan.jpg

इस्लामावाद। पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन्। नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन्। पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक बढेको अधिकारीहरुको भनाई छ। कार्यस्थल र आर्थिक क्षेत्रका लागि भन्दै लकडाउनलाई खुकुलो बनाउने निर्णय अघिल्लो हप्ता पाकिस्तानी सरकारले गरेको थियो।

पछिल्लो समयमा दुई हजार २५५ जना नयाँ सङ्क्रमित थपिएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण थप ३१ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ७३७ को छ।

पाकिस्तानमा अहिलेसम्म ३४ हजार ३३६ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। देशभरी सङ्क्रमित मध्ये सवैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन्। पञ्जावमा कुल १३ हजार २२५ जना सङ्क्रमित भएका छन् भने दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा १२ हजार ६१० जना रहेका छन्।

त्यसैगरी खैबर पख्तुनख्वामा पाँच हजार २१ जना, बालुचिस्तानमा दुई हजार १५८ जना, इस्लामावादमा ७५९ जना, गिल्गिट बाल्टीस्टानमा ४७५ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ।

कुल सङ्क्रमित मध्ये आठ हजार ८१२ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।अघिल्लो हप्तादेखि सङ्क्रमितको संख्या दिनप्रतिदिन अत्यधिक धेरै बृद्धि हुदै गएको स्वास्थ्य अधिकारीहरुको भनाई छ।

लकडाउन खुकुलो हुनु र आधारभूत स्वास्थ्य सतर्कता उलंघन हुनु लगायतका कारणले सङ्क्रमितहरुको संख्या बढ्दै गएको उनीहरुले बताएका छन्।

पछिल्लो २४ घण्टामा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई विषेश उडान मार्फत पाकिस्तानले ३७९ जनालाई विभिन्न देशबाट स्वदेश ल्याएको थियो। यसअघि गत अप्रिल २८ देखि मे ८ सम्ममा पाकिस्तानले विदेश उडानमार्फत् चार हजार ३४४ जना पाकिस्तानीलाई स्वदेश ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ