arrow

कोभिड-१९ को अवस्थामा केही सुधार आएको किर्गिजस्थानको भनाई

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
kyrgyzstan-corona-virus.jpg

बिसकेक। किर्गिजस्थानमा ‘कोभिड-१९’ को अवस्थामा केही सुधार आएको त्यहाँका उप स्वास्थ्य मन्त्री नुर्बोलोतले बताएका छन्। बुधबार देशमा कोभिड-१९ का सात वटा मात्र नयाँ सङ्क्रमण भेटिएका उनले बताए। सङ्क्रमितको सङ्ख्यामा कमि ल्याउन धेरै समयदेखि प्रतिक्षा गरेको र तर हाल अवस्थामा केही सुधार आएको उनले जानकारी दिएका हुन्।

गत २४ घण्टामा कोही पनि स्वास्थ्य कर्मीलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पनि स्वास्थ्य मन्त्री बताए।  किर्गिजस्थानमा २४१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको र यसमा १८९ जना भने निको भएका जनाइएको छ।

हाल देशभरीका अस्पतालहरुमा ३०६ जना कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरु उपचार गराई रहेका र ती मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र चार जना आकस्मिक कक्षमा उपचाररत रहेका जनाइएको छ। किर्गिजस्थानमा ७२६ व्यक्तिलाई कोरोना भाइरस निको भएको जनाइएको छ। किर्गिजस्थान १ हजार ४४ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ