arrow

कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित मध्ये ४ जना सुरक्षाकर्मी

जनपदका २, सशस्त्र र अनुसन्धानका एक एक प्रहरी कोरोना संक्रमित

logo
मणि गैह्रे,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
corona-test.JPG

कपिलवस्तु। कपिलवस्तुमा थपिएको नया ८ संक्रमित मध्ये  ४ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ। कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ४ जनामा कोरोना भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए ।

नेपाल प्रहरीका २, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एक जनामा कोरोना देखिएको हो। प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई तथा नेपाल प्रहरीका एक हवल्दार गरि ४ जनालाई कोरोना देखिएको हो ।

८ मध्ये ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको बिज्ञप्तीमा कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिका क्षेत्रका रहेको पाइएको छ। यससँगै कपिलवस्तचुमा कोरोना संक्रमितको संख्या ३८ पुगेका छ।

भेटिएका ८ जना संक्रमित मध्ये ४ जना नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनका भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टाईनमा रहेका ५० जनाको स्वाब संकलन गरिएको मध्ये ८ जना संक्रमित भेटिएको जिल्ला स्बास्थ्य कार्यालयका प्रमुख योगेन भगतले बताए ।

कृष्णनगर क्षेत्रको अझै २० जनाको रिपोर्ट आउन बाकी रहेको र अधिकांस सुरक्षाकर्मी रहेको प्रहरी उपरिक्षक जबराले बताए ।

भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र हिस्ट्री लिने कार्य जारी रहेको छ । दिउँसो मात्रै कपिलवस्तु नगरपालिकाको वडा नं ४ का एक पुरुषमा संक्रमण देखिएको थियो। यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा ९, मायादेबी गाउँपालिकामा ४, बुद्धभुमी नगरपालिकामा २, सुद्धोदन गाउपालिकामा एक जनामा कोरोना देखिएको हो ।

यस अघि मंगलावर मात्र कपिलस्तु अस्पतालका कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ