arrow

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित र मृतक घटेनन्, मृतक ८५ हजार नाघे

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित र मृतकको दर अझै घटेको छैन । यो हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका छन् । 

विश्वभर ४४ लाख ३० हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १४ लाख ३० हजार ३४ जना संक्रमित भएका छन् । बुधबार नयाँ संक्रमित २१ हजार ३९८ जना छन् । मंगलबार २२ हजार ३२१ जना थपिएका थिए । 

मृतकको संख्या ८५ हजार १८७ पुगेको छ । नयाँ मृतक २४ घण्टामा बुधबार १ हजार ७५७ जना थपिएका छन् । मंगलबार १ हजार ५८२ रहेको थियो । 

निको हुनेको संख्या ३ लाख ८ हजार ५३४ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ५० हजार ७९५ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार २९० पुगेको छ । 

न्यूजर्सीमा १ लाख ४२ हजार ८६१ जना संक्रमित हुँदा ९ हजार ७२७ जनाको ज्यान गएको छ । 

थपिएका नयाँ मृतक सबैभन्दा बढी पेन्सिल्भिनियामा २२९ जना भएका छन् । 

संक्रमित बढेसंगै राष्ट्रपति भवन ह्वाइट हाउसमा मास्क अनिवार्य गरिएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफूले मास्क नलगाउने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ