arrow

भारतमा कोरोना संक्रमण र मृत्यु झन् बढ्दो, निको हुने पनि उत्तिकै 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । मंगलबार संक्रमितको संख्या ३ हजार ५२३ जना संक्रमित भएकामा त्यो संख्या बुधबार बढेर ३ हजार ७२५ पुगेको छ । 

योसंगै संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने यो संख्यामा केही कमी आयो । सोमबार ३ हजार ५९१ जना नयाँ संक्रमित थपिए । 

२६ हजार ४०० जनालाई निको भएको छ । एकै दिन बुधबार १ हजार ९४६ जनालाई निको भएको छ । यो अहिलेसम्मकै कीर्तिमान हो । यसअघि मंगलबार त्यो दिनसम्मको सबैभन्दा बढी १ हजार ८७१ जनालाई निको भएको थियो । 

त्यसैगरी मृतक २ हजार ५५१ पुगेका छन् । बुधबार १३६ जनाको ज्यान गएको छ । मंगलबार १२० जनाको, सोमबार ८१ जनाको र आइतबार १११ जनाको ज्यान गएको थियो । 

कहाँ कति संक्रमित  
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । बुधबार १ हजार ४९५ जना संक्रमित थपिएका छन् । लगातार पाँच दिन महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा २५ हजार ९२२ संक्रमित थपिएका छन् । 

त्यस्तै तमिलनाडुमा ५०९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ९ हजार २२७ पुगेका छन् ।  गुजरातमा ३६४ जना थपिएर ९ हजार २६८ संक्रमित पुगेका छन् । 

दिल्लीमा ३५९ जना थपिएर संक्रमित ७ हजार ९९८ जना पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार १७३ पुगेको छ । 

राजस्थानमा २०२ जना थपिएर ४ हजार ३२८ पुगेका छन् ।  

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै १२ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ९७५ जना पुगेका छन् । गुजरातमा ५६६ पुगेको छ । मध्यप्रदेशमा २३२ को ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ