arrow

विश्वमा ४४ लाख २८ हजार कोरोना संक्रमित, यस्तो छ शीर्ष २६ देशको लेखाजोखा 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ४४ लाख २८ हजार पुगेको छ । मृतकको संख्या २ लाख ९८ हजार पुगेको छ । १६ लाख ५७ हजार भन्दा बढीको उपचारपछि निको भएको छ । 

२१२ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १४ लाख ३० हजार ३४८ पुगेको छ । ८५ हजार १९७ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ७१ हजार ९५ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार १०४ पुगेको छ । 

रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो ११ हजारको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ४२ हजार २७१ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार २१२ जना पुगेका छन् । 

बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख २९ हजार ७०५ पुगेको छ । मृतक ३३ हजार १८६ रहेका छन् । 

पाँचौ स्थानमा रहेको इटालीमा २ लाख २२ हजार १०४ जना संक्रमित हुँदा मृतक ३१ हजार १०६ पुगेको छ । 

छैटौं स्थानको ब्राजिलमा १ लाख ८९ हजार १५७ जना संक्रमित हुँदा १३ हजार १५८ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ७८ हजार ६० जना संक्रमित हुँदा २७ हजार ७४ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७४ हजार ९८ जना संक्रमित हुँदा ७ हजार ८६१ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ४३ हजार ११४ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३ हजार ९५२ छ । 

दशौं स्थानको इरानमा १ लाख १२ हजार ७२५ जना संक्रमित हुँदा ६ हजार ७८३ जनाको ज्यान गएको छ । 

११ औं स्थानको चीनमा ८२ हजार ९२९ जना संक्रमित भएका छन् । पछिल्लो समय दिनानुदिन संक्रमित थपिइरहेका छन् । जहाँ सोमबार मात्रै १७ जना संक्रमित थपिएका थिए । मंगलबार १ जना संक्रमित थपिएका छन् । बुधबार ७ जना थपिएका छन् । त्यस्तै बिहीबार ३ जना थपिएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा भारत रहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् ।  संक्रमितको संख्या ७८हजार ५५ पुगेको छ । २६ हजार ४०० जनालाई निको भएको छ भने मृतक २ हजार ५५१ पुगेको छ । 

१३ औं स्थानको पेरुमा ७६ हजार ३०६ जना संक्रमित हुँदा २ हजार १६९ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७२ हजार २७८ जना संक्रमित हुँदा ५ हजार ३०२ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५३ हजार ९८१ जना संक्रमित हुँदा मृतक ८ हजार ८४३ पुगेका छन् ।

१६ औं स्थानको साउदी अरेबियामा ४४ हजार ८३० जना संक्रमित हुँदा २७३ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको नेदरल्यान्डमा ४३ हजार २११ जना संक्रमित हुँदा ५ हजार ५६२ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ४० हजार १८६ जना संक्रमित हुँदा ४ हजार २२० जनाको ज्यान गएको छ । 

१९ औं स्थानको पाकिस्तानमा ३५ हजार २९८ जना संक्रमित हुँदा ७६१ जनाको ज्यान गएको हो । 

२० औं स्थानको चिलीमा ३४ हजार ३८१ जना संक्रमित हुँदा ३४६ जनाको मृत्यु भएको छ ।

२१ औं स्थानको इक्वेडरमा ३० हजार ४८६ जना संक्रमित हुँदा २ हजार ३३४ को ज्यान गएको छ ।

 २२ औं स्थानको स्वीटजरल्यान्डमा संक्रमितको संख्या ३० हजार ४१३ हुँदा १ हजार ८७०  ले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको पोर्चुगलमा २८ हजार १३२ जना संक्रमित हुँदा १ हजार १७५ जनाको ज्यान गएको हो । 

२४ औं स्थानको स्वीडेनमा २७ हजार ९०९ जना संक्रमित हुँदा ३ हजार ४६०जनाको ज्यान गएको छ । 

२५ औं स्थानको कतारमा २५ हजार ५३९ जना संक्रमित हुँदा १४ जनाको मात्र ज्यान गएको छ ।

२६ औं स्थानको बेलारुसमा २५ हजार ८२५ जना संक्रमित हुँदा १४६ जनाको मात्र ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ