arrow

शान्तिका हत्याराविरुद्ध किटानी जाहेरी दर्ता गर्न पाउनु पर्छ भन्दै महिलाद्धारा प्रदर्शन

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ जेठ १ बिहिबार
Untitled-128.jpg

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३२ कोष टाढा पर्ने सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको उनकै घरमा रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । 

शान्तिको हत्या गर्ने ब्यक्तीको नाममा किटानी जाहेरी दर्ता गर्न पाउनु पर्छ भन्दै स्थानिय महिलाद्धारा सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका हुन् ।

मृतक शान्तिका माइती पक्षले शान्तिलाई उनका श्रीमान जुनराज थापा र सौता मिलीे वैशाख २५ गते राति हत्या गरेको आरोप लगाएका छन् । 

वैशाख २६ गते बिहान शान्तिको मृत्यु भएको खबर सार्वजनिक भएपनि माइती पक्षले भने २५ गते राती नै हत्या गरिएको आरोप लगाएको छन ।

माइती पक्षले २८ गते मृत्कका पति जुनराज थापा सहित ३ जनाको नाममा किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले अनुसन्धान गरी पाउ भनि जाहेरी दिन मिल्ले तर नाम किटान गरि जाहेरी दायर गर्न नमानेको मृतककी आमा भ्याल्नी भण्डाररीले बताइन् । हाम्रो छोरीको ज्यान गएको छ । प्रहरी प्रशासन भने कसैको दवावमा रहेर उजूरी नमानेको उनको आरोप छ ।

सर्केगाड गाउँपालिकाबाट दुई दिन लगाएर मृतक थापाको शव सिमकोट आइपुगे पनि पोष्टमार्टम हुन सकिरहेको छैन । 

किटानी जाहेरी दर्ता नहुने हो भने लासलाई पनि नबुझ्ने र पोष्टमार्टम पनि गर्न नदिने माइती पक्षको अडान छ । प्रारम्भिक चरणमा शान्तिको हत्या श्रीमानले गरेको भन्ने अनुसन्धानमा नपाइएकाले किटानी मुद्धा दर्ता गर्न अप्ठेरो परेको हो ।  

पोष्टमार्टम पछि थप अनुसन्धान गरेर मात्र किटानी जाहेरी दर्ता गर्न सकिने हुम्ला प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीमगरले बताए ।  

माइती पक्षले नमान्दा ६ दिन देखि महिलाको शव पोष्टमार्टम हुन सकेको छैन पोष्टमाटम जति ढिलो भयो त्यती नै प्रमाण नष्ट हुने खत्रा रहेकाले उनले बताए । 

मृतकका घरपरिवारका सदस्यहरुले कहिले देउता लागेरे, कहिले प्यारालाईसिस त कहिले स्तनको समस्या र कहिले खटियाबाट लडेर मृत्यु भएको बहाना गर्न थालेपछि छोरीको कालगतिले नभई हत्या गरेको माईती पक्षले आशंका गरेका छन् । 

माइती पक्षले जाहेरी नाम किटानी सहित मुद्दा दर्ता गर्ने भने पनि प्रहरीले नाम किटान नगरेको जाहेरी अनुसन्धानका लागि भनेर २९ गते बेलुका नै दार्ता गरेको र मृतकका श्रीमान जुनराज थापालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरी प्रमुख डिएसपि घर्तिमगरले बताए । 

माइती पक्ष र स्थानीय महिलाहरुले घटनाको सत्यतत्थ्य छानबिन गरि दोषीलाई कार्बाही होस भन्दै दैनिक प्रशासनमा धर्ना दिईरहेका छन् । 

जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी भएर न्याय माग्न गएको महिलाहरुलाई न्याय दिनु भन्दा उल्टै स्थानिय प्रशासनले शक्ति प्रयोग गरी महिलाहरुमाथि हातापाई गरेको आरोप स्थानियले लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ