arrow

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्धारा निःशुल्क खाद्य सामग्री वितरण

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क खाद्य सामग्री वितरण गरेको छ। न्यूयोर्क शहरको क्विन्स बोरो प्रेसिडेन्ट शारोन लिसँग सहकार्य गरी फाउण्डेशनले बुधवार निःशुल्क खाद्यान्न वितरण गरेको हो । 

६ फीटको दूरीमा लाइन लगाएर वितरण गरिएको खाद्य सामग्रीहरु नेपाली लगायत ७ समुदायका मानिसहरु गरी १ सय ५० जनालाई फाउण्डेशनकै न्यूयोर्कस्थित कार्यालय अगाडिबाट वितरण गरिएको थियो । 

१०० बक्स स्वस्थ्य खानेकुरा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे लगायतले वितरण गरेका थिए। 

५० वटा (उबर ईट्स) खानाको कुपन पनि बाँडिएको थियो । प्रत्येक कुपन २५ डलर बराबरको रहेको छ। कुपनबाट खाना लिन पाईन्छ। १२५० डलरको कुपन सहयोग एसेम्ब्ली मेम्बर माईकल डेनडेक्करले उपलब्ध गराएका थिए । 

फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वय प्रेम पौडेल, सूर्य सिम्खडा, नेपाल ट्रेड युनियन कांग्रेसकी पूर्व केन्द्रीय सदस्य कमला पन्त, नेजससअ न्युयोर्कका सचिव अनील पाण्डे र क्लिनिकल सामाजिक कार्यकर्ता एवम् द्विभाषी चिकित्सक प्रियंका थापा सहभागी थिए।

कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका–न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, नेविसघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटाको पनि उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ