arrow

शल्यक्रिया गर्न भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना, त्रिवि शिक्षण अस्पतालमा सीलबन्दी 

अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी र कुरुवाहरु त्रासमा, सबैको पीसीआर परीक्षण गर्ने तयारी 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-teaching-hospital.jpg

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सीलबन्दी गरिएको छ । काठमाडौंमा लकडाउन केहि खुकुलो भएपछि उपचारमा ल्याइएकी कपिलवस्तुकी  ६ बर्षिया बालिकामा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालमा सीलबन्दी गरिएको हो । 

स्वासनलीमा मासु पलाएको ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ देखिएपछि अस्पताल भर्ना गरिएकी बालिकाको शल्यक्रिया गर्नु अगाडि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ रहेको पाइएपछि अहिले अस्पताल प्रशाससले अस्पतालमा सील गरेको हो। 

न्यूरो सर्जरी वार्डमा बैशाख ३० गते भर्ना भएकी ती बालिकामा कोरोना पोजिटिभ देखिएपछि अस्पताल सील गरिएको छ भने त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु अन्यौल र त्रासमा रहेका छन् ।

बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको छ । ती बालिका कहाँकी हुन् भन्ने अझै खुलाइएको छैन ।

शिक्षण अस्पतालमा रहेका एक रेसिडेन्ट डाक्टरका अनुसार पीपीई समेत नलगाई उपचारमा संल्ग्न रेसिडेन्ड डाक्टर र उनीहरुको सम्पर्कमा आएका अन्य विरामीहरु पनि पनि कोरोनाको जोखिममा परेका छन् । 

अस्पताल प्रसासनले नियमित उपचारमा संलग्न डाक्टर तथा रेसिडेन्ट डाक्टर तथा नर्सहरुलाई पीपीई समेत नदिइ उपचारमा खटाउने गरेका कारण सबै जोखिममा परेको ती डाक्टरले बताए । 

अस्पतालबाट हाम्राकुरासँग सम्पर्कमा आएका एक विरामीका आफन्तले अस्पतालले उचित प्रवन्ध नगरेका कारण सबै जोखिममा परेको गुनासो गरे। 

सील गरिएपछि सबैको पीसीआर गराउने तयारीमा अस्पताल प्रसासन रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ