arrow

चीनले कोरोना भाइरस एन्टीबोडी अनुसन्धान ह्याक गरेको अमेरिकाको आरोप

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
corona-usa-china.jpg

काठमाडौं । अमेरिकाले चीनमाथि कोरोना भाइरस एन्टीबोडी अनुसन्धान ह्याक गरेको आरोप लगाएको छ ।अमेरिकाले चिनियाँ सरकारसंग सम्बन्धित ह्याकरहरुले आफूले तयार गरिहेको कोरोना एन्टीबोडी अनुसन्धान ह्याक गरेको सम्बन्धमा चेतावनीसमेत जारी गर्ने बताएको छ । 

बीबीसी सहितका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले अमेरिकाको यो दावीसहितको समाचारलाई प्राथमिकता दिएका छन् । 

एफबीआई र होमल्यान्ड सुरक्षा विभागको चेतावनीले यो सुरक्षा खतरालाई अझ सम्वेदनशील बनाएको द वासिङटन पोष्टले उल्लेख गरेको छ। ‘यसलाई अपारम्परिक अभिनेताहरु जस्तो चिनियाँ विद्यार्थी र अमेरिकामा अनुसन्धानकर्ताहरुबाट आएको भनेर निर्दिष्ट गर्छ’ एक अधिकारले भने । 

ती कलाकारहरुले बहुमुल्य बौद्धिक सम्पत्ति र सार्वजनिक स्वास्थ्य तथ्यांक पहिचान गर्न र हासिल गर्न खोजेको देखिएको समेत उनले बताएका छन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालयले कोरोना भाइरसको उत्पत्ति र यसको चेतावनीलाई लिएर चिनियाँ राष्ट्रपतिको कार्यालय बेइजिङसंग गरिरहेका आदानप्रदानका बेलामा अमेरिकाको यो चेतावनी आएको हो । 

अमेरिकाले यसअघि नै कोरोनाको उदगम स्थल चीनको वुहानमा रहेको प्रयोगशालाबाट फैलिएको दावी गर्दै आएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसलाई ‘चाइना कोरोना’ भन्दै आएका छन् । उनले मंगलबार मात्रै संचारकर्मीलाई अमेरिकामा कोरोनाको संक्रमण किन रोकिएन भनी चीनलाई सोध्ने भन्दै विवादित बयान दिएका थिए । 

वासिङटन विश्वविद्यालयको इम्युनोलोजी प्रयोगशालामा भइरहेको कोरोना एन्टीबोडीको परीक्षण र अनुसन्धान चिनियाँले ह्याक गरेको आरोप अमेरिकाले लगाइरहँदा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झा ओ लिजियानले आफूहरु सबै किसिमका साइबर हमलाहरुविरुद्ध लड्ने बताएका छन् । 

उनले चीनले कोभिड–१९ को उपचार र भ्याक्सिन अनुसन्धानमा विश्वकै नेतृत्व गरिरहेको समेत स्पष्ट पारेका छन् । उनले कुनै प्रमाण बिना चीनको निन्दा गर्ने अमेरिकी शैली अनैतिक भएको पनि बताएका छन् । 

बुधबार अमेरिकाको गृह सुरक्षा विभागको अनुसन्धान व्यूरो र साइबर सुरक्षा तथा भौतिक पूर्वाधार सुरक्षा एजेन्सीले संयुक्त रुपमा चिनियाँबाट ह्याक भएको संयुक्त चेतावनी जारी गरेका थिए । 

कोरोनाबाट अहिलेसम्म सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा भएका छन् । जसका कारण अमेरिकाले भाइरस नै चीनले जानीजानी अमेरिकामा फैलाएको आरोप पनि लगाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ