arrow

बाजुरामा विरामीको चाप बढ्यो, रगत अभाव, उपचारमा समस्या

logo
प्रेम रौले,
प्रकाशित २०७३ वैशाख २० सोमबार
bajura-health-news.JPG.jpeg
 बाजुरा । जिल्लामा गर्मी बढेसंगै विरामीको चाप बढ्दै गएको छ । पानी नपर्दा जिल्लाका अधिकांश स्थानीय विभिन्न खालका संक्रमणको जोखिममा परेका छन् । संक्रमण जन्य रोगहरु बढेसंग स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा विरामीको चाप बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको उपचारमा खटिएका सिनियर अहेव टेक बहादुर खड्काले जानकारी दिए ।  
 
उनका अनुसार जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा दैनिक ६० देखि १ सय जनाको हाराहारीमा विरामी आउने गरेका छन् । गर्मी र खडेरीका कारण  विरामीको संख्या बढेको हुन सक्ने उनको भनाई छ । पानी नपर्दा अत्याधिक हावाहुरी चल्ने र धुलो धुवाँ उड्ने र यसको असर व्यक्तिको स्वास्थ्यमा पर्दा विरामीको संख्या बढेको स्थानीय जनक रावलले बताए । जलवायु परिवर्तन संगै मौसम अनुकुलता नहुदा मानिसहरुलाई थप कष्ट भएको उनले बताए । 
 
गर्मीसंगै जिल्लाका अधिकांश स्वास्थ्य संथाहरुमा विरामीहरु आउने गरेको र उपचारका लागि आउने विरामीमा ज्वरो आउने, झाडा पखालालगायत समस्या रहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । विरामी हुने अधिकांश महिला, बालबालिका र बृद्धबृद्धा छन् । अस्पतालमा रगत अभाव भएपछि स्वास्थ्यकर्मीले नै रगत दिएर विरामीलाई खतराबाट जोगाइरहेका छन् । रगत नपाउने भएपछि कतिपय स्वास्थ्यकर्मीले आफै गरत दिन थालेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ