arrow

घर फर्किन चाहने र बस्न चाहने नेपालीको आवश्यक प्रबन्ध मिलाउन मुख्यमन्त्री योगीको निर्देशन

नेपालीको व्यबस्थापनमा मुख्यमन्त्रीको निरन्तर जोड 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
yogi3.jpg

काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई नेपाल–भारत सीमासम्म पुर्‍याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएपछि स्थिति तुलनात्मक रुपमा सहज भएको छ।

रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरुको व्यवस्था मिलाउन अधिकारीहरुलाई निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको थियो।

लकडाउनका कारण सवारी साधन नचल्दा धेरै मानिस आउन नपाइ भारतमै फसेका छन। बोर्डरसम्म आएका पनि दुबै देशले सीमा नाका बन्द गरेका कारण सीमामै अवलपत्र परेका खबर आइरहँदा उत्तर प्रदेशका मुख्यमन्त्री गोगीले मातहतका निकायलाई सो निर्देशन दिएका हुन्।     

त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

भारत नयाँ दिल्लिमा रहेका भारतीय गृहमन्त्री अमित शाहका निकट पाल्पाका युवा नेता सन्दिप राना नेपालीहरुलाई नेपाल फर्काउन लागिपरेका छन्। उनले मुख्यमन्त्रीसँग पनि पहल गरेका थिए।

भारतमा सीमिति संख्यामा भएपनि रेल सेवा सूचारु हुँदा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु पनि वोर्डरका राज्यसम्म आउने सम्भावना अझ बढेको बेलामा रानाले उत्तरप्रदेशका मुख्यमन्त्रीसँग नेपालीहरुलाई सहज घरफिर्तिका लागि पहल गरेका हुन्। 

उत्तर प्रदेश नेपालका तराईका जिल्लाहरुसँग जोडिएको छ । यहाँ धेरै नेपाली रोजगार तथा अन्य सिलसिलामा बसोबास गर्दै आएका छन। दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरु उत्तरप्रदेशका विभिन्न स्थानमा छन् भने आउन खोज्नेहरु पनि उत्तरप्रदेश हुँदै फर्किने धेरै छ्न् ।

मुख्यमन्त्री आदित्यनाथको कार्यालयले उनलाई मेन्सन गर्दै गरेको ट्वीटमा नेपाल जान चाहनेलाई सुरक्षित लान र बस्न चाहनेलाई पनि सुरक्षित क्वारेनटाइन/ व्यबस्थापन गर्न निर्देशन दिएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ