arrow

फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

logo
एएफपी,
प्रकाशित २०७७ जेठ १ बिहिबार
franch-corona-.jpg

पेरिस। फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन्।  यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ। यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो। प्राप्त समाचारअनुसार यकाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो। तर त्यसपछि बुधकार र बिहीबार पनि यो संख्यामा कमी आएको छ। यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन्। उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन्।

साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ। फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ। मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ।

उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए। यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ। यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन्।

साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ। फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ। उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ। साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ