arrow

आइएमएस ग्रुपले आफ्ना कर्मचारीलाई बीमा प्रदान 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
ims-group-insurence.jpg

काठमाडौं। आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी कोभिड-१९ बिरूद्ध जेठ १ गते देखि बिमा सुविधा प्रदान गरेको छ। कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको जनाएको छ।

यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई उपचारमा सहयोग गर्न तथा आर्थिक भार घटाउन स्वास्थ्य बीमा गराइएको हो। यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पुर्याउने  बताएको छ। 

“आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो। यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने” आइएमएस ग्रुपको प्रेसिडेण्ट् एण्ड सिइओ दिकेश मलहोत्राले प्रेस बिज्ञप्ति मार्फत बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ