arrow

सतीत्व समाप्त गर्न पुगेका त्रिदेव आफै बने बालक, अनुसूया यसरी बनिन् सती शिरोमणी

सती शिरोमणी अनुसूया: जसले ब्रह्मा, विष्णु र शिवलाई बनाइन् बालक

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
anusiya.jpg

काठमाडौं । अनुसूया सतीहरुमा सर्वश्रेष्ठ थिइन् । अनुसूया समान सती शिरोमणी संसारमा कोहि थिएनन् । त्रिदेवले सती अनुसूयाको दर्शन  भाग्यले मात्र पाइने बताएका थिए । देवहुतिकी कन्या अनुसूया ब्रह्माजीका मानस पुत्र अत्रेय मुनीकी पत्नी थिइन् । भगवान विष्णुका अवतार मानिएका कपिलदेव उनका दाजु थिए । बालयकालदेखि नै अनुसूयाले अध्यात्म ज्ञान प्राप्त गरेकी थिइन । परिवारमा अध्यात्मको माहोल थियो । परमात्माको भक्तिमा अनन्य भक्ति र निष्ठा थियो ।
 
अनुसूया अत्रेय मुनीको कुटीमा अति नै निष्ठाका साथ रहन थालिन् । चित्रकुटमा रहेको आश्रममा उनी पति  अत्रेय मुनीको सेवा गर्थिइन् । चित्रकुटमा धरै ऋषि मुनिहरु थिए त्यसमध्ये अत्रेय मुनी सबैभन्दा उच्चा थिए । 

एकपटक अत्रेय मुनी समाधिमा बसे अनन्य भक्ति र निष्ठासँग अनुसूयाले मुनीको सेवा गरिन् । प्राकतिक प्रकोपबश १२ बर्षसम्म बर्षा भएन र हाहाकार मच्चियो ।रुख बिरुवा सबै सुके, रुखमा पात थिएनन् । पानीको लागि त्राही त्राही मचियो तर अत्रेय मुनी समाधिमा थिए । अनुसूया भोक प्यास केहि नभनि १२ बर्षसम्म पतिको सेवामा लागिन् । १२ बर्षपछि अत्रेय मुनीले आखा खोले र अनुसूयालाई सामुन्ने देखेर पानीको इशारा गरे । अनुसूया पानी लिन बाहिर गइन् तर चारै तिर खडेरी लागेको देखिइन । १२ बर्षदेखि उनी पनि बाहिर निस्किएकी थिइनन् । बाल्यकालमै उनले भगवानको साचो नामको ज्ञान पाएकी थिइन् । नामको बोध प्राप्त गरेकी थिइन् । उनी सबैको हृदयमा स्थित भगवानको नामको सुमिरणमा आफ्नो श्रुतिलाई जोडेर १२ बर्षसम्म पतिको सेवामा थिइन ।

बाहिर कुवा ताल सबै सुकेको देखेर अनुसूयाले भगवती गंगालाई पुकारिन् । नामको सुमिरण गर्दै गंगालाई कुनै रुपमा प्रकट हुन आव्हान गरिन। अनुसूयाको पति सेवा र निष्ठालाई देखेर भगवती गंगा पयुसनीको नामबाट सुख्खा पर्वतबाट बग्न थाल्छिन् । अनुसूयाले जल पात्रमा पानी लिएर अत्रेय मुनीलाई पिलाउछिन् । अत्रेय मुनी जसै कुटीबाट बाहिर आउछन् तब खडेरी लागेको देख्छन्, जलाशयमा पानी छैन, रुखमा पात छैन । अनुसूयालाई पानी कहाँबाट ल्याएको सोध्छन् । 

अनन्य निष्ठा राख्ने अनुसूया भन्छिन्, 'पतिदेव यो सबै तपाईको चरणको प्रतापको फल हो ।' अनुसूयाको अनन्य निष्ठा देखेर अत्रेय मुनी भन्छन्,' हे अनुसूया तिम्रो सेवा र निष्ठा देखेर म तिमिलाई वरदान दिन्छु । जति पनि धर्तीमा नारीहरु छन् ती नारीहरु मध्ये तिमिले उच्च स्थानलाई प्राप्त गर्नेछौ । तिम्रो नाम लिएर महिलाहरु सतीत्व धर्मको पालना गर्नेछन् । सती महिलाहरुमा पनि तिम्रो नाम सर्वश्रेष्ठ रहनेछ ।'

केहि दिनपछि बर्षा सुरु भयो । खडेरीका कारण बासस्थान छोडेका ऋषिमुनीहरु आफ्नो आफ्नो कुटीमा फर्कीए । अनुसूया र अत्रेय मुनीको चौतर्फी प्रशंसा हुन थाल्यो । तर पनि  अनुसूयामा रत्तिभर अभिमान थिएन । 

योसँगै नारद देवीहरु लक्ष्मी, पार्वती र सरस्वतीकोमा पुगेर सती अनुसूयाको महिमाको बयान गर्न थाले । नारदले भने, 'आज धर्तीमा सती अनुसूयाको जति प्रचार छ, जति प्रभाव छ, त्यति अन्य कुनै नारीको छैन । पतिकोप्रति उनको जो निष्ठा छ, पतिप्रति उनको जो एकाग्र भाव छ, जो उनको श्रद्धा र विश्वास छ त्यो अतुलनीय छ ।'

यो सुनेर पार्वती, लक्ष्मी र सरस्वतीलाई ईर्ष्या हुन थाल्यो । उनीहरुले आफ्नो स्वामीलाई सती अनूसूयाको परिक्षा लिन आग्रह गरे । शिव, ब्रह्मा र विष्णु ब्राह्मणको भेषमा सती अनुसूया भएको ठाँउमा पुगे । अनूसूयालाई सतीत्वको परिक्षा लिन उनीहरुले भने, 'हामीलाई निर्वस्त्र भएर भोजन गराउ ।'

सती अनुसूयाले आफ्नो सतीत्वको प्रभावबाट तीनै देवलाई शिशु बनाइन् । उनीहरुलाई बालक बनाएर स्तनपान गराइन र उनीहरुलाई कोक्रोमा झुलाउन थालिन् । तब नारदले तीन देवीलाई भगवान शिव, ब्रह्मा र विष्णु बालक बनेर अनुसूयाको कोक्रोमा झुली रहेको सुनाइदिए ।

जब देवीहरु लक्ष्मी, पार्वती र सरस्वती  त्यहाँ पुगे । तब आफ्ना पतिहरुलाई साना बालक बनाइएको देखे। अब बालकहरुलाई आफ्नो पति कसरी भन्नु उनीहरुलाई अफ्ठ्यारो लाग्यो । जो पुत्रवत् बने उनिहरुलाई पति कसरी भन्नु । ठूलो दुविधामा तीन देवी परे ।

अन्तमा तीनै देवीहरुले नतमस्तक भएर समर्पित भावले अनुसूयासँग प्रार्थना गरे। प्रार्थनासँगै अनुसूयाले आफ्नो सतीत्वको प्रभावले तीन बालकलाई पुन : यथावत स्वरुपमा बनाइन् । तब तीन देवीहरुले आफ्नो पति प्राप्त गरे ।

ब्रह्मा, विष्णु र शिवले अनुसूयाको गुन गाउदै सतीहरुमा सर्वश्रेष्ठ हुने  बताउछन् । त्रिदेवले अनुसूयालाई बर माग्न भन्छन् । अनुसूयाले  त्रिदेवलाई भन्छिन्, ' मैले तपाई त्रिदेवलाई स्तनपान गराएको छु । स्तनपान आमाले गराउछिन् । त्यसैले त्रिदेवसँग मेरो प्राथना छ तपाईहरु मेरो घरमा पुत्र बनेर जन्म लिनुहोस् ।'

त्रिदेवले अनुसूया र अत्रेय मुनीलाई वरदान दिएर आफ्नो स्थानमा फर्कन्छन्। भगवान  विष्णु अनुसूयाको कोखबाट दत्तात्रेय बनेर जन्म लिए । दत्तात्रेयलाई भगवान  विष्णुको २४ अवतार मध्ये एक बताइएको छ । ब्रह्माको अंशबाट चन्द्रमा उत्पन्न भए । ब्रह्माजी चन्द्रमा बनेर अनुसूया र अत्रेय मुनीको घर आए । भगवान शंकर दुर्वाशा ऋषि बनेर अनुसूयाको कोखबाट जन्म लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ