भारतको मिचाहा र सरकारको लम्पसारवादको बिरोधमा मशाल जुलुस
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १ बिहिबार
1.4k
Shares
दोलखा। नेपाली कांग्रेसका युवा नेता एवम नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले नेपाली भूमी मिच्ने भारत सरकारको चर्को बिरोध गरेकाछन्।
लिपुलेक फिर्ता नगरे अधिनायकवादी कम्युनिष्ट सरकार झन नालायक हुने चेतावानी दिंदै नेता काफ्लेले भने, “नेपाली आमा माथि बलात्कार गर्ने भारतका अघि लम्पसार पर्ने केपी ओलीले तत्काल नैतिकताका आधारमा राजिनामा दिनु पर्छ।”
नेपाली कांगेस तामाकोशी गाउँपालिकाद्धारा आयोजित बिशाल मशाल जुलुस पछिको कोण सभालाई सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका दोलखाका नेता काफ्लेले सम्पूर्ण नेपालीलाई क्वारेन्टिनको सुरक्षित ब्यबस्था गर्न सरकारलाई आग्रह गरे । दोलखाको तामाकोशी गाउपालिका जनप्रतिनिधिहरुले कोरोनाको नाममा बर्मालुट गर्दा समेत निकम्मा सरकार मौन रहेको काफ्लेले आरोप लगाए ।
जिल्लामा कोरोनाको नाममा केही ठगहरुले पीपीई, सेनीटाईजर,माक्समा चौबर मुल्य लिई बेचबिखान गर्दा पनि कुम्भकर्णको निन्द्रामा पर्ने स्थानिय प्रशासनका प्रमुखको समेत पुत्ता दहन गर्न दोलखा कांग्रेस पछि नपर्ने चेतावानी उनले दिएकाछन । तत्काल छानविन गरि पेशा परिवर्तमान गर्दै ठगी धन्दामा लाग्ने लाई कानुनी कार्वाही अधि बढाउन काफ्लेले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस दोलखाका नेता कुमार भुजेलले नेपाली नेपाली भुमि तत्काल फिर्ता गर्न वर्तमान सरकारलाई अनुरोध गरेकाछन । उनले कोरोना भाईसरका कारण आक्रान्त बनेका नागरिकको जीवन रक्षाको लागी चेतना जागृत गर्दै मशाल जुलुसले शंखघोष गरेको समेत बताएका छन् ।
नेपाली कांग्रेस तामाकोशी गाउपालिका नेता गोपाल तिमल्सिनाले जनताको रक्षाका निमित मास्क,पन्जा र दुरि कायम गरि दोलखाको जफेबाट अभियान सुरु गरेको बताए । यो अभियान दोलखा कांग्रेसले जिल्लाभर संचालन गर्ने उनले बताए । नेपाली कांगेस तामाकोशी गाउपालिका सचिव एवम युवा नेता चन्द्रगणेश काफ्लेले यहा कुनै पनि नागरिकलाई कोरोनाको कारण लकडाउण्डमा रहदा खाना समस्या परे तामाकोशी गाउँपालिका भर घर घरमा खानाको ब्यबस्था गर्न नेपाली कांग्रेस तामाकोशी तयार रहेको बताए । मशाल जुलुसमा करिब ३ सयको सहभागिता रहेको थियो ।