arrow

अमेरिकामा कोरोना संक्रमित र मृतक बढेको बढ्यै, मृतक ८७ हजार

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
trump-corona.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित र मृतकको दर पुरानै अवस्थामा फर्किन थालेको छ । यो हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका छन् । 

विश्वभर ४५ लाख २१ हजार भन्दा बढी संक्रमित हुँदा अमेरिकामा मात्रै १४ लाख ५६ हजार ७४५ जना संक्रमित भएका छन् । बिहीबार २६ हजार ३९८ जना नयाँ संक्रमित थपिए । 

यो संख्या बुधबार २१ हजार ३९८ जना र मंगलबार २२ हजार ३२१ जना थपिएका थिए । 

मृतकको संख्या ८६ हजार ९०० पुगेको छ । नयाँ मृतक २४ घण्टामा बिहीबार १ हजार ७०३ जना थपिएका छन् । बुधबार १ हजार ७५७ जना थपिएका थिए । मंगलबार १ हजार ५८२ रहेको थियो । 

निको हुनेको संख्या ३ लाख १७ हजार ९८८ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ५३ हजार ९६ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ४२६ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ४३ हजार ८११ जना संक्रमित हुँदा ९ हजार ९४६ जनाको ज्यान गएको छ । 

थपिएका नयाँ मृतक सबैभन्दा बढी न्यूजर्सीमा २१९ जना हुन् । संक्रमित २४ घण्टामा सबैभन्दा बढी इलिओनिसमा ३ हजार २३९ जना रहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ