arrow

भारतमा कोरोना संक्रमण बढ्दो, निको हुने भन्दा नयाँ संक्रमित तेब्बर   

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । शुक्रबार बिहानसम्म २४ घण्टाको अवधिमा ३ हजार ९४० जना संक्रमित थपिएका छन् । 

मंगलबार नयाँ संक्रमितको संख्या ३ हजार ५२३ जना संक्रमित भएकामा त्यो संख्या बुधबार बढेर ३ हजार ७२५ पुगेको थियो । 

आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित हुँदा सोमबार भने ३ हजार ५९१ जना नयाँ संक्रमित थपिका थिए ।

२७ हजार ९६९ जनालाई निको भएको छ । एकै दिन बुधबार १ हजार ९४६ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै कीर्तिमान हो । बिहीबार भने घटेर त्यो संख्या १ हजार ५५२ पुगेको छ । 

नयाँ संक्रमित थपिने र निको हुनेको औसत हेर्दा निको हुनेभन्दा संक्रमित हुने लगभग तेब्बर रहेको छ । 

त्यसैगरी मृतक २ हजार ६४९ पुगेका छन् । बिहीबार ९७ जनाको ज्यान गएको छ । बुधबार १३६ जनाको ज्यान गएको थियो । मंगलबार १२० जनाको, सोमबार ८१ जनाको र आइतबार १११ जनाको ज्यान गएको थियो । 

कहाँ कति संक्रमित  
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । बिहीबार १ हजार ६०२  जना संक्रमित थपिएका छन् । लगातार पाँच ६ दिन महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा २७ हजार ५२४ संक्रमित थपिएका छन् । 

त्यस्तै तमिलनाडुमा ४४७ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ९ हजार ६७४ पुगेका छन् ।  गुजरातमा ३२४ जना थपिएर ९ हजार ५९२ संक्रमित पुगेका छन् । 

दिल्लीमा ४७२ जना थपिएर संक्रमित ८ हजार ४७० जना पुगेका छन् । मध्यप्रदेशमा २५३ जना थपिएर ४ हजार ४२६ पुगेको छ । 

राजस्थानमा २०६ जना थपिएर ४ हजार ५३४ पुगेका छन् ।  

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै १२ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा १ हजार १९ जना पुगेका छन् । गुजरातमा ५८६ पुगेको छ । मध्यप्रदेशमा २३७ को ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ