arrow

विश्वमा कोरोनाबाट तीन लाख बढीको मृत्यु, यस्तो छ शीर्ष २७ देशको आँकडा

नयाँ संक्रमित एकै दिन ९६ हजार नाघे

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रबार बिहानसम्म ४५ लाख २२ हजार पुगेको छ । एकै दिन ९६ हजार ७० जना संक्रमित थपिएका छन् । 

मृतकको संख्या पनि कहाली लाग्दो गरी ३ लाख ३ हजार ७८ जनाको ज्यान गएको छ । 

निको हुनेको संख्या १७ लाख २ हजार १५२ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १४ लाख ५७ हजार २९३ पुगेको छ । ८६ हजार ९०८ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ७२ हजार ६४६ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ३२१ पुगेको छ । 

रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो १० हजार भन्दा बढीको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ५२ हजार २४५ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ३०५ जना पुगेका छन् । 

बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख ३३ हजार १५१ पुगेको छ । मृतक ३३ हजार ६१४ रहेका छन् । 

पाँचौ स्थानमा रहेको इटालीमा २ लाख २३ हजार ९६ जना संक्रमित हुँदा मृतक ३१ हजार ३६८ पुगेको छ । 

छैटौं स्थानको ब्राजिलमा २ लाख २ हजार ९१८ जना संक्रमित हुँदा १३ हजार ९९३ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ७८ हजार ८७० जना संक्रमित हुँदा २७ हजार ४२५ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७४ हजार ९७५ जना संक्रमित हुँदा ७ हजार ९२८ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ४४ हजार ७४९ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार ७ छ । 

दशौं स्थानको इरानमा १ लाख १४ हजार ५३३ जना संक्रमित हुँदा ६ हजार ८५४ जनाको ज्यान गएको छ । 

११ औं स्थानको चीनमा ८२ हजार ९२९ जना संक्रमित भएका छन् । ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा भारत रहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् ।  संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । मृतक २ हजार ६४९ पुगेको छ । 

१३ औं स्थानको पेरुमा ८० हजार ६०४ जना संक्रमित हुँदा २ हजार २६७ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७३ हजार ४०१ जना संक्रमित हुँदा ५ हजार ४७२ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५४ हजार २८८ जना संक्रमित हुँदा मृतक ८ हजार ९०३ पुगेका छन् ।

१६ औं स्थानको साउदी अरेबियामा ४६ हजार ८६९ जना संक्रमित हुँदा २८३ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको नेदरल्यान्डमा ४३ हजार ४८१ जना संक्रमित हुँदा ५ हजार ५९० जनाको ज्यान गएको छ । 

१८ औं स्थानको मेक्सिकोमा ४० हजार १८६ जना संक्रमित हुँदा ४ हजार २२० जनाको ज्यान गएको छ । 

१९ औं स्थानको चिलीमा ३७ हजार ४० जना संक्रमित हुँदा ३६८ जनाको मृत्यु भएको छ ।

२० औं स्थानको पाकिस्तानमा ३५ हजार ७८८ जना संक्रमित हुँदा ७७० जनाको ज्यान गएको हो । 

२१ औं स्थानको इक्वेडरमा ३० हजार ५०२ जना संक्रमित हुँदा २ हजार ३३८ को ज्यान गएको छ ।

 २२ औं स्थानको स्वीटजरल्यान्डमा संक्रमितको संख्या ३० हजार ४६३ हुँदा १ हजार ८७२  ले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको स्वीडेनमा २८ हजार ५८२ जना संक्रमित हुँदा ३ हजार ५२९ जनाको ज्यान गएको छ ।  

२४ औं स्थानको पोर्चुगलमा २८ हजार ३१९ जना संक्रमित हुँदा १ हजार १८४ जनाको ज्यान गएको हो ।

२५ औं स्थानको कतारमा २८ हजार २७२ जना संक्रमित हुँदा १४ जनाको मात्र ज्यान गएको छ ।

२६ औं स्थानको बेलारुसमा २६ हजार ७७२ जना संक्रमित हुँदा १५१ जनाको मात्र ज्यान गएको छ ।

२७ औं स्थानको सिंगापुमा २६ हजार ९८ जना संक्रमित हुँदा २१जनाको मात्र ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ