arrow

आईपीएल क्रिकेट: कोलकाताद्वारा स्टार खेलाडीले सुसज्जीत बैंगलोर पराजित

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
IPL_Russel.jpg.jpeg
काठमाडौं। भारतीय स्टार खेलाडी विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर कोलकाता नाईट राईडर्ससँग ५ विेकटले पराजित भएको छ। बैंगलोरको हारको श्रृखंला जारी रहेको छ। ७ खेल खेलेको बैंगलोरले ५ खेल हारिसकेको छ । 
 
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १८५ रन बनाएको छ। कप्तान कोहली र केएल राहुल दुवैले ५२ रन बनाएका थिए। शेन वाट्सनले ३४ रनको योगदान दिएका थिए। 
 
टि-२०का विश्व स्टारहरु क्रिश गेल र एबी डिविलियर्स चल्न सकेनन्। दुवैले क्रमश: ७ र ४ रन बनाएका थिए।  कोलकाताका मोर्ने मोर्केल र पियुस चावलाले २-२ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको कोलकाताले १९.१ ओभरमा ५ विेकटको क्षतिमा १८६ रन बनाउँदै खेल जितेको हो। युशुफ पठानले धूवाँधार पारी खेल्दै २९ बलमा ३ छक्का र ६ चौकाको मदतले ६०* रन बनाएका थिए।
 
त्यसैगरि आन्द्रे रशेलले २४ बलमा ३९ रन र गौतम गंभिरले २९ बलमा ३७ रन बनाएका थिए। बैंगलोरका युजभेल चहलले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच आन्द्रे रशेल घोषित भएका थिए। 
 
यो जितसँगै कोलकाता ८ खेलमा ५ खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने बैंगलोर ७ खेलमा २ खेल जित्दै ४ अंकका साथ ७औं स्थानमा रहेको छ। गुजरात लायन्स ८ खेलमा ६ जीतसँगै १२ अंककासाथ  तालिकाको पहिलो स्थानमा रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ