बाँकेमा थपिए आठ जना कोरोना संक्रमित, दुई दिनअघि मुम्बई र सुरतबाट आएका थिए नेपाल
४१३ भारतबाट आए, अहिलेसम्म ३० जनाकोमात्र कोरोना परीक्षण, ८ जनामा पोजेटिभ, बाँकीको परीक्षण नै भएन
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
588
Shares
नरैनापुर । बाँकेमा शुक्रबार बिहान थप ८ जना कोरोना संक्रमित थपिएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर १,३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षीय पुरुषहरुलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
कोरोना संक्रमित ८ जना दुई दिनअघि भारतको मुम्बई र सुरतबाट आएको गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाहले जानकारी दिएका छन् ।
नरैनापुरमा पछिल्लो तीन दिनमा ४१३ जना भारतबाट आएका छन् । उनीहरु मध्येबाट अहिलेसम्म ३० जनाको लिएकोमा ८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएसँगै गाउँपालिकामा उच्च सतर्कता अपनाइएको अध्यक्ष शाहले बताए।
संक्रमितलाई अस्पताल लैजाने तयारी भएको अध्यक्ष शाहले भने । यो सगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ।