arrow

आरडीटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण, तीन दिनसम्म पनि आएन कोरोनाको रिपोर्ट

परीक्षण नमूना धेरै आएकाले रिपोर्ट आउन ढिलाइ भएको भनाई 

logo
शैलेन्द्र रोकाया,  
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-test.JPG

बझाङ । आडिटी किटबाट परीक्षण गरेर कोरोना पोजेटिभ देखिएकाहरुको स्वाब परीक्षणमा ढिलाई भएको छ । 

बिहिबार आरडिटी किटबाट कोरोना परिक्षण गरेर कोरोना पोजेटिभ देखिएका बित्थड चिर गाउँपालिकाका एक जनाको तीन दिन भई सक्दा पनि परिक्षण रिपोर्ट आएको छैन । 

दुई साता अगाडि भारतको झुलाधाट नाकाबाट बझाङ आएर एकान्तबासमा बसेका एक जनामा किटबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिए पछि उनँको स्वाब संकलन गरेर परिक्षणका लागी धनगडी पठाईएको थियो । 

तीन दिन भई सक्दा पनि उहाँको परिक्षण रिपोर्ट आउन सकेको छैन । बझाङबाट एक जना सहित थप  ११ जनाको स्वाब संकलन गरि धनगडी पठाइएको भए पनि हालसम्म भने कसैको रिपोर्ट आउन सकेको छैन । 

स्वाब संकलन गरि पठाईएकाहरुका चाप बढी भएकाले परिक्षणमा ढिलाई भएको बताएको सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक अस्मिता सापकोटाले बताए । 

उनले भने, ‘हामीले दु्रत गतिमा परीक्षण गरिरहेका छौं र  सुदूरपश्चिमका सबै जिल्लाबाट यही परिक्षण हुने भएकाले धेरै स्याम्पल आएकाले धेरै समय लाग्ने भएकाले ढिलो भएको हो ।’

बिहीबार मात्र १०३ जनाको परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकोसमेत उनको भनाई छ । 
आरडिटी किट परिक्षणबाट रिपोर्ट पोजेटिभ देखिएपछि जिल्लामा कोरोनाको त्रास समेत बढेको छ । कोरोनाको त्रास बढेपछि जिल्लाको सुरक्षा ब्यवस्थामा समेत कडाई गरिएको छ । सबारी साधनका साथै स्थानीयहरुलाई अनाबस्यक हिडडुल गर्न समेत प्रतिबन्ध लगाईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ