चीनमा नक्कली दूध पिउँदा हुनानमा थुप्रै बालबालिका बिरामी
प्रकाशित २०७७ जेठ २ शुक्रबार
401
Shares
काठमाडौं। चीनको हुनानमा नक्कली दूध पिएर थुप्रै बालबालिका बिरामी भएका छन्। दक्षिणी चीनको हुनान प्रान्तमा नक्कली दूध पिएर थुप्रै बिरामी भएका हुन्।
नक्कली दूधको फर्मुलाको जाँच भइरहेको बताइएको छ। यो दूधबाट स्वास्थ्यसम्बन्धी गम्भीर समस्या आएको समाचार चिनियाँ मर्निङ पोष्टले लेखेको छ।
दूधमा एन मिन नामक प्रोटिन ड्रिंकको जाँच भएको हो। चेनझोउका योंगक्सिंग काउन्टिका अधिकारी बेईले यसको जाँच गरिरहेका हुन्। लभ बेबिज वर्कशप स्टोरमा उक्त नक्कली दूध बेचिएको बताइएको छ।
पाँच बच्चाकी आमाले उक्त दूध पिएका बच्चामा एक्जिमा भएको बताएकी छिन्। जसका कारण छाला रातो हुने र चिलाउने भएको छ।
दूध पिएपछि बच्चाहरुको वजन पनि घटेको छ। टाउको दुखेको छ भने अत्यन्त चिलाउन थालेको छ।
हुनानको टीभीका अनुसार बाबुआमा आफ्ना शिशुहरुका लागि एमिनो एसिड भएको दूध पाउडर किन्न उक्त स्टोरमा गएका थिए।