arrow

खोला दोहनमा जनप्रतिधिकै पुत्र, सूचना बाहिर ल्याएको भन्दै स्थानीयलाई मार्ने धम्की 

logo
नारायण वली, 
प्रकाशित २०७७ जेठ २ शुक्रबार
dozer.jpg

रुपन्देही । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारीको गरेको लकडाउनको फाईदा उठाउँदै रुपन्देहीको देवदहमा स्थानिय जनप्रतिनिधि पुत्रले खुलेआम दादागिरी गरिरहेका छन् । 

रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ घोडाहा खोलाबाट स्थानिय जनप्रतिनिधि पदम थापाका छोरा शुसिल थापाले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानियवासीहरुले फेला पार्दा समेत स्थानीय नगरपालिका, प्रहरी चौकी र विभिन्न राजनितिक दलहरु बेखवर झैं बसेको स्थानियवासीहरुले गुनासो गरेका छन् । 

स्थानिय घोडाहा खोला दोहनमा देवदह नगरपालिका वडा नंं ७ का वडाध्यक्ष पदम थापाका पुत्रको खुलेयाम संलग्नता रहेको पाईएको छ । 

यसरी रातिको समयमा नदी जन्य पदार्थको उत्खनन् गरी वडाध्यक्ष थापाको आफ्नै घर छेउँको सार्वजनिक जग्गामा जम्मा गरेर राख्ने र एकबिहानै बिक्री गर्ने गरेको स्थानिय वासीहरुले बताएका छन् । 

लकडाउनको मौका छोपेर करिब एक महिना यता निरन्तर नदीजन्य पदार्थ चोरी गरी बिक्री गर्ने कार्यमा रातभर खुलेयाम गिट्टी बालुवा ओसार्ने ट्याक्टरको आवाजले स्थानियहरुलाई सुत्नसमेत गाह्रो भएपछि नागरिक अगुवा र स्थानिय शसोधरा टोल विकास संस्थाको सक्रियतामा निगरानी गर्दा प्रत्यक्ष खोला दोहन गरेको पाईएपछि उक्त घटना बाहिर आएको हो ।

विगतका वर्षहरुदेखि देवदह क्षेत्रमा विभिन्न राजनितिक दलका भातृ संगठनका युवाहरुको गुण्डागर्दीमा खोला दोहन कार्य मौलाउँदै गएको र स्थानिय प्रहरी प्रशासन मौन बस्नाले प्राकृतिक स्रोतको दोहन बढ्दै जाँदा त्यहाँका स्थानियहरुले राज्य भएको अनुभूति र प्रहरीको शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै प्रचलित कानुनको उपहास भएको जनाएका छन् । 

राजनीतिक संरक्षणमा देवदहमा खोला दोहनको वेथिती निकै डरलाग्दो रुपमा सञ्चालन हुँदै आएको बताउँदै स्थानिय वासीहरु निरिह भएका छन् । 

खुलेयाम प्राकृतिक स्रोतको दुरुपयोग हुँदा आफुहरु निरीह हुनु परेको भन्दै खोला दोहनको कुराहरु बाहिर ल्याएमा आफुहरुलाई ज्यान मार्ने समेत धम्की आउने गरेको स्थानियहरुले बताएका छन् । 

सो विषयमा नागरिक अगुवा तथा टोल विकास संस्थाको पहलमा खोला दोहन कार्य रोक्नु पर्ने र दोहन कार्यमा संलग्न माथि कारवाही हुनुपर्ने माग राख्न एक टोली देवदह नगरपालिकाका नगर प्रमुख हीरा खत्री, स्थानिय प्रहरी चौकीका प्रमुख, वन कार्यालय र वडा नं ७ का वडाध्यक्ष पदम थापालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको र देवदहका नगरप्रमख हिरा खत्रीले उक्त कार्य कानुन विपरित भएको ठहर गर्दै, आवश्यक कारवाही गरिने औपचारिक रुपमा आश्वासन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ