arrow

भक्तपुर : संक्रमित नर्सकी साथीमा देखिएन कोरोना

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
nurse1.jpg

भक्तपुर । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकामा आएर बसेकी कोरोना भाइरस संक्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।

 शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको कोठामा गत २९ गते आएर बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना संक्रमण भेटिएपछि नर्सको भक्तपुर अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएको थियो । 

रिपोर्ट नेगेटिभ आए पनि नर्सलाई आगामी एकसाता आइसोलेसनमै राखेर पुनः स्वाब परीक्षणका लागि पठाउने सुपरिटेन्डेन्ट डा गौतमले जानकारी दिइन् । त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्नुपर्नेछ । 

कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका सात जनालाई क्वारेन्टाइन र तीन जनालाई आइसोलेसनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 
    
परिसरका प्रहरी उपरीक्षक सविन प्रधानले गत ३० गते कोभिड–१९ संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने दुई, छिमेकी र हजाम दुई गरी सात जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको जानकारी दिइन् ।

 सुनसरीबाट आएर मध्यपुरथिमिमा नर्सको कोठासँगैको एक, एम्बुलेन्समा लिन आएका दुई जनालाई आइसोलेसनमा र सुनसरी रामधुनी घरमा १९ र सुनसरीबाट युवतीमा ल्याउने मोटरसाइकल चालकलाई क्वारेन्टाइनमा राखेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ