arrow

भारत : बढ्दै कोरोना संक्रमित, लकडाउन थपिदै

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-virus-India.jpg

दिल्ली। गत २४ घण्टामा भारतमा थप ३ हजार ९ सय ६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९ सय ७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६ सय ४९ जना पुगेको छ। यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९ सय १९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन्। यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन्। महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ। त्यहाँ ९ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन्। तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

गुजरातमा ९ हजार ५ सय ९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७ सय ५३ निको भएका छन्। गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५ सय ८६ जनाको मृत्यु भएको छ। दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ। दिल्लीमा ३ हजार ४५  कोराना भाइरसको (कोभिड–१९) को संक्रमित भएका छन्। दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ। दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो। भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो। दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। दोस्रो लकडाउन मे ३ मा सकिएको थियो। कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ