arrow

विश्वभर कोरोनाको स्थिति, दक्षिण एसियामा यस्तो

logo
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-test-kit.jpg

एएफपी, जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१७ जनाको ज्यान गएको छ । 

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ५४८ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख २६ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । 

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७१५ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ७७२ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९१२ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र.सं.    महादेश    कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर          ४५,४२,३८६    १७,१२,४८७    ३,०३,६५१

१.    युरोप             १७,३०,१७४    ७,२८,८४४     १,५९,२२४
२.    उत्तर अमेरिका    १६,०३,८१६    ३,९५,७५८     ९७,९४५
३.    एसिया           ७,४४,३६४     ४,२०,२३८      २३,७१५
४.    दक्षिण अमेरिका    ३,७७,६६०     १,३०,९५६      २०,०५४
५.    अफ्रिका           ७७,०३०        २८,१८६         २,५७९
६.    ओसेनिया(अस्ट्रेलिया)    ८,६२१    ७,८५४          ११९

    दक्षिण एसियाली मुलुकहरु            

१.    भारत            ८२,१०३    २७,९७७    २,६४९
२.    पाकिस्तान       ३७,२१८    १०,१५५    ८०३
३.    बंगलादेश       २०,०६५    ३,८८२    २९८
४.    अफगानिस्तान    ६,०५३    ७४५      १५३
५.    श्रीलंका          ९२५      ४४५      ९
६.    माल्दिभ्स        ९८२       ४५        ४
७.    नेपाल            २५८      ३५        –
८.    भुटान             २०         ५         –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ