काठमाडौं। कमनवेल्थ इन्टरप्रेनर क्लबको कार्यकारी सदस्यमा नेपालका यूवा व्यवसायी हृदेन्द्र गिरी चुनिएका छन्। लण्डनमा मुख्य कार्यालय रहि ५४ वटा देशमा शाखा रहेको यो क्लवमा १५ हजार सदस्य रहेका छन्।
क्लबको वोर्डमा कार्यकारी सदस्यमा चुनिएसँगै हाम्राकुरासँग कुरा गर्दै पोखरा कम्पनी लिमिटेडका अध्यक्ष समेत रहेका गिरीले गरीबी निवारणका लागि अन्तर्राष्ट्रियस्तरमा निजी क्षेत्र र सरकारसँग साझेदारी गर्ने बताए। क्लवले पुँजीमा पहुँच, वितरण, नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा र सम्पत्तीमा उद्योग सहयोग र सपोर्ट गर्ने उनले बताए।
व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क रोजगारी सिर्जना र गरिबी निवारण गर्न तयार रहने क्वलको वेभासाइटमा उल्लेख छ।
अफ्रिका, एशिया, युन र ईयूमा निती निर्माताहरूसँग काम गर्दै साना र मध्यम उद्यम सहित पूर्वाधार विकास, लगानीका अवसरहरु र व्यापार वृद्धि कसरी गर्ने भन्ने कुरामा कार्यक्रम चलाउँदै आएको पनि क्लवबले जनाएको छ।
स्थानिय फेडरेशन, वाणिज्य निकाय, गैरसरकारी संस्था, बहुराष्ट्रिय र वित्तीय संस्थाहरुसंग काम गर्दै अन्तर्राष्ट्रिय निजी क्षेत्र र सरकारसँग क्लवले साझेदारी गर्ने गिरीले बताए।