arrow

नरैनापुरका ८ कोरोना संक्रमितलाई दाङ लगियो                          

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
corona-patient-transfer.gif

नेपालगन्ज। बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको छ । उनीहरुलाई शुक्रवार नै दाङ लगिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।

शुक्रवार विहान मात्रै नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु भारतबाट नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरु बैशाख ३१ गते आएर क्वारेन्टाइनमा बसेका थिए ।

नेपाल राष्ट्रिय प्रावि खोदवाँ क्वारेन्टाइनका २ जना र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइनका ६ जनामा कोरोना देखिएको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ