arrow

गोर्खा डिपार्टमेन्ट स्टोरमा भेटियो च्याउमा किरा

logo
राज पोखरेल ,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
gorkhadeparmen.jpg

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा किरा भेटिएको छ । 

शुक्रबार घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, सुन्दरहरैंचा नगरपालिका स्थानिय प्रशासन सहितको टोलीले विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा रहेको च्याउमा किरा लागेको भेटेको हो । 

यसैक्रममा गोर्खा डिपाटमेन्ट स्टोरमा किरा परेको प्याकेजिङ च्याउ र , प्याकेजिङ इजाजत नभेटीएकाले र मिति उल्लेख नगरेका खाध्य बस्तु सामग्री फेला परेकाले ५० हजार जरिवाना गरेको छ । 

यस्तै जुनतारा बजारमा पनि केहि म्याद गुज्रीएको बस्तु पाईएकाले १० हजार जरिमाना गरेको छ । यस्तै सगुन किराना पसल भने सन्तोषजनक पाइएको छ । यस्तै रेवति प्रसाद सुवरले सन्चालन गरेको आरटी सप्लायर्समा समेत म्याद नाघेका खाध्य सामग्री भेटिएकाले १० हजार जरिवाना गरेको हो ।

अनुगमनका क्रममा अखाध्य वस्तु वितरण गर्ने जुन सुकै फर्मलाई कानुनी कार्वाही गर्ने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताइन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ