arrow

पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई १३ वर्ष जेल सजाय

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
isis-nigeria.jpg

न्यूयोर्क। पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई अमेरिकी संघीय अदालतले स्लामिक स्टेट अफ इराक तथा अल–शाम (आइएसआइएस) लाई सहयोग गरेको अभियोगमा १३ वर्ष जेल सजाय तोकेको छ। उनले आइएसआइएस आवद्ध पाकिस्तान, टर्कीलगाएतका मुलुकमा सक्रिय आतङ्कवादी सञ्जाललाई भौतिक सहयोग गरी सघाएको आरोप लगाइएको छ।

जिल्ला न्यायाधीश जोना सेयबर्टद्वारा बुधबार सुनाइएको फैसलामा सहनाजले विदेशी पर्यटक सङ्गठनलाई एक लाख ५० हजारभन्दा बढी मूल्य बराबरको आर्थिक सहयोग दिएको र आइएसआइएस समूहसँग सहकार्य गर्न सिरिया जाने प्रयास गरेको स्वीकार सन् २०१८ को नोभेम्बरमा गरिसकेको बताइएको छ।

अमेरिकी न्याय विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सन् २०१७ को मार्चदेखि सन् २०१७ का जुलाईसम्म अमेरिकी अदालतमा उपलब्ध तथ्य र सुनुवाईका क्रममा प्रस्तुत तथ्यका आधारमा सहनाजले केही अमेरिकी वित्तीय संस्थाहरूलाईसमेत छली आइएसआइएसका लागि रकम जम्मा गरेको पुष्टि भएको छ। अभियुक्तले यसै सन्दर्भमा करिब २२ हजार ५०० कर्जासमेत लिएको बुझिएको छ।”

सहनाजले गैर–कानूनीरूपमा करिब एक दर्जनभन्दा बढी क्रेडिट कार्ड लिएको र तिनीहरूलाई विटकोइन र क्रिप्टोकरेन्सीजस्ता इलेक्ट्रोनिक कारोबारका लागि प्रयोग गरी करिब ६२ हजार अमेरिकी डलरको कारोबार गरेको पनि फैसलामा उल्लेख छ। बिटकोइन वा क्रिप्टोकरेन्सी भनेका एक प्रकारका नगद नै हुन जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद् बिक्रीमा सामान्य मुद्राजस्तै प्रयोग गर्न सक्छन्।

सहनाजलाई सन् २०१७ को जुलाईमा न्यूयोर्कको क्वीन्सस्थित जोन एफ केनेडी विमानस्थलबाट टर्कीको इस्तानबुल जाने क्रममा पक्राउ गरिएको थियो। सिरियामा रहेको आइएसआइएस समूहमा सम्लग्न हुन व्यक्तिगतरूपमा पश्चिमा मुलुकबाट टर्कीको यात्रा गर्ने र त्यहाँबाट लुकीछिपी सिरिया पुग्ने गर्दछन्। सहनाजसँग जिहादी समूहसँग आवद्धता रहेका वेबसाइट तथा सूचना सञ्जालहरू रहेको प्रहरीले छानविनका क्रममा भेटेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ