arrow

चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित

logo
पीटीआई,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
china-coronavirus1.jpg

बेइजिङ। चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन्। योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ ।

अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ । 

चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ । 

यसअघि वुहानमा गत हप्ता छ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरी थपिन थालेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ