arrow

इङ्ल्यान्डमा जून १ बाट केही विद्यालयले कक्षा सुरू गर्ने तयारी

logo
एएफपी,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
schools-reopening.jpg

लण्डन। इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ। शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएको बीबीसीले जनाएको छ। उनले भने, “विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल विद्यालय नै हो।” तर शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने भन्दै संस्थाको निर्णयको आलोचना गरेका छन्।

विद्यालय खोलेपछि कक्षामा विद्यार्थीको आकार सानो राख्ने र कक्षालाई सञ्चालन गर्ने योजना ल्याइएको ओएसिस एकेडेमी ट्रष्ट नामको संस्थाका संस्थापक स्टीभ चाल्कले बताए। उनीहरूका धेरैजसो विद्यार्थीहरूको ‘बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’। त्यसैले उनीहरूलाई विद्यालयमा बोलाएर पढाउनुपर्ने उनको तर्क छ।

चाल्कले भने, “इङ्ल्यान्डको रहेको आफ्नो एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने तयारी गरेको छ।”

विद्यालय सञ्चालन तयारीबारे चाल्कले भने, “विद्यालयलाई लामो समय बन्द गरिनु हुँदैन। पुनः खोल्ने कामको विरोध गर्नेहरू ‘मध्यम वर्गका मानिसहरू’ भएको र यसको प्रभाव आफ्नो संस्थालाई नपर्ने बताउनुभयो ।” चाल्कले सङ्गठनको सुझाव ‘एकतर्फी’ भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू विद्यालय आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका दावी गरे।

चाल्कका विद्यालयमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा नै निशुल्क खान खुवाउने व्यवस्था रहेको छ। चाल्कले भने, “हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन्। उनीहरूले सफा हावा पाएका छैनन, शारीरिक कसरत गर्न पाएका छैनन्। कतिले पोसिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन्।”

उत्तरी आएरल्याण्ड, स्कटल्यान्डमा र वेल्समा भने तत्काल विद्यालय खोल्ने सम्भावना नरहेको बताइउको छ। शिक्षकहरूको सङ्गठन (एनएएसयूडब्ल्यूटी) ले भने तत्काल स्कूल खोल्ने काम सुरक्षित र व्यवहारिक नभएको बताएको छ। एनएएसयूडब्ल्यूटीका महासचिव प्याट्रिक रोचले भने, “सबभन्दा पहिले शिक्षक र विद्यार्थीको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो।”

“हामीले विद्यालय जान सुरक्षित छ भन्ने भएपछि मात्र खोलौँ भन्ने सुझाब दिएका छौँ,” उनले भने। सरकारलाई १ जुनबाट स्कूल खोल्ने कामबाट पछि हट्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेको नौ संस्था मध्ये एनएएसयूडब्ल्यूटी एक हो। यसै सन्दर्भमा शिक्षकहरूको सङ्गठनका नेताहरूले वैज्ञानिकहरूलाई पनि भेट्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ