arrow

कसैलाई कोरोना कहर, महानगरका निर्देशकलाई चाड

संवेदनशील समयमा असंवेदनशील व्यवहार देखाउने महानगरका कार्की आलोचित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
madira-party-mahanagar-dire.gif

काठमाडौं। कोरोना महामारीबाट विश्वनै हायलकायल भइरहेका वेला काठमाडौं महानगरका निर्देशक ज्ञानेन्द्र बहादुर कार्कीलाई भने यो महामारी पनि चाहीँ महान् चाड पर्व जस्तो देखिएको छ। त्यो पनि उनीसँगै सार्वजनिक भएको तस्विरहरुले कोरोनाकाल पनि उनको लागि चाड पर्व जस्तो देखिएको हो। 

विदाका दिनमा सरकारी सवारी साधन र महानगरका कर्मचारीहरूको समेत दुरुपयोग गरि लकडाउनलाई उत्सवका रूपमा मनाउँदै महङ्गो मदिरासँगै मस्ती गरेको उनको तस्विरहरु सार्वजनिक भएपछि उनको असंवेदनशील व्यवहारको चर्चा अहिले महानगरमा व्यापक भएको छ। 

गत शनिवार काठमाडौंको कोरोना प्रभावित क्षेत्र पेप्सीकोलास्थित वेलायतबाट आएका कैलास विक्रम विष्टको घरमा महानगरका कार्यालय सहयोगी शम्भु नेपाल, टेलिफोन अपरेटर राजन ओझालाई लिएर कार्की महानगरकै ड्राइभरसँगै सरकारी गाडी लिएर पुगेका थिए ।

शक्तीकेन्द्रलाई प्रभावमा पारी महानगरमा हालिमुहाली गरिरहेका कार्कीले विदाका दिन पनि सरकारी गाडी चलाउन लगाई लगनखेल, गौशाला र तीनकुनेबाट कर्मचारी बोकेर पेप्सीकोला पुर्याएका थिए । 

काठमाडौं महानगरपालिका भित्र लकडाउनका कारण दुई छाक खान नपाएकाहरूलाई खाना खुवाउन जिम्मा पाएको र भोकाहरूको भोक मेट्न नसकेको महानगरले, विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वयं सरकारकै निर्देशन विपरितका आफ्ना कर्मचारीको गतिविधीलाई रोक्न नसकेको चर्चाले पनि महानगर गर्माएको छ। 

गत साउनमै मन्त्रालय तानिएका कार्की मन्त्रालयमा हाजिर नभई मेयर विद्यासुन्दर शाक्यको आडमा जिम्मेवारी विहिन भएर पनि महानगरपालिकामा हालिमुहाली गरेर वसिरहेका छन् ।  
 
घरमै वसेर लकडाउनको पालना गर्न नेपाल सरकारको निर्देशन अवज्ञा गर्दै सरकारका जिम्मेवार कर्मचारीले आफ्ना जुनिएर कर्मचारीलाई साथमा लिएर लकडाउनका वेला मदिरा पार्टी गर्दै हिडेको देखेर स्थानियहरु पनि आजित भएका छन्। 

यहाँ हामीले पनि कुनै व्यक्तिले के खायो भनेर चियो चर्चा गर्न खोजेका पक्कै होइनौ तर संकटको बेलामा जिम्मेवार व्यक्तिहरुले कस्तो व्यवहार गर्नु हुने वा नहुने भन्ने कुरा चाहि सार्वजनिक चासोको विषय भएकोले मात्र यहाँ हामीले यो उठाएका छौ। बाँकी प्रतिक्रिया तपाईकै जिम्मा।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ