arrow

पाँचथरका स्थानिय तहद्वारा दीर्घरोगीलाई निशुल्क औषधी वितरण

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ जेठ ३ शनिबार
panchthar-district1.png

पाँचथर। पाँचथरका स्थानिय तहहरुले दीर्घरोगीहरुलाई निशुल्क औषधी वितरण गर्न थालेका छन् । यसैक्रममा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले दीर्घरोगीलाई लक्षित गरेर सुगुर, प्रेसर, दम, थाईराईड, मुटु रोगी, नशा तथा मानसिक रोगी लाई औषधी वितरण गरेका हुन् ।

नागरिकहरुले औषधी खरिद गर्न नपाएर नियमित सेवन छुट्न गई स्वास्थ्यमा पर्न जाने असरलाई ध्यानमा राखेर औषधी वितरण गर्न लागिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।

लकडाउनको समयमा जिल्ला बाहिरका अस्पताल जान विरामीलाई असहज हुने भएकोले उनीहरुलाई गाउँघरबाटै सेवा प्रवाह गर्ने उद्देश्यले  स्थानिय स्वास्थ्य संस्था मार्फत औषधी वितरण गरिएको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईले बताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ