arrow

सांसदहरुलाई सहभागि हुने रहर जाग्दा भाँडियो गोदावरी नगरपालिकाको बोर्ड वैठक

कार्यपालिकाका सदस्यहरुलाई बहिष्कार गर्न लगाई भाँडियो कार्यपालिका बैठक 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
mp-nekapa-ncp-lalitpur.gif

ललितपुर। नेकपाबाट निर्वाचित ललितपुरका सांसदहरुले गोदावरी नगरपालिकाको कार्यपालिका वैठकमा सहभागि जनाउन रहर गर्दा कार्यपालिका वैठक प्रभावित भएको छ। 

संघीय सांसद पम्फा भुसाल, नवराज सिलवाल, प्रदेश सांसद सुशीला पुन, राजकाजी महर्जन र चेतनाथ संजेललाई कार्यपालिका वैठकमा सहभागि गराउन नेकपाका नेताहरुले दवाव दिएका थिए। नेकपाका प्रदेश सांसद सुशीला पुन र चेतनाथ संजेलले सबै संघीय सांसद र प्रदेश सांसदलाई वैठकमा सहभागि गराउन दवाव दिई अन्यथा वैठक बस्नै नसक्ने बताउँदै आएका थिए।

स्थानिय तह सञ्चालन ऐन, संवैधानिक व्यवस्थामा समेत उल्लेख नभएको माग राखेको विषयमा नगरपालिकाले ध्यान नदिएपछि शुक्रवारको वैठकमा नेकपा निकटका कार्यपालिका सदस्यहरुलाई सांसदहरु तथा नेकपाको स्थानिय पार्टी कमिटीले वैठक बहिष्कार गर्न लगाएका थिए। नेकपा निकट स्रोतका अनुसार सांसदहरुले पार्टीलाई समेत प्रयोग गरेर नगरपालिकाका मेयरलाई अप्ठ्यारो पारेर आफूहरुलाई बोलाउन दवाव सिर्जना गर्न सदस्यहरुलाई वैठक बहिष्कार गर्न लगाएको बताएको छ। 

सोहि योजना अनुसार २०७७ जेष्ठ २ गते गोदावरी नगरपालिका कार्यपालिकाको बोर्ड बैठक नेकपाबाट निर्वाचित बोर्ड सदस्यहरुले बहिष्कार गरेका हुन् ।

कोरोनाको महामारी रोकथाम र नियन्त्रण,चालु आर्थिक बर्षको विकास आयोजनाहरु सञ्चालन गर्ने विषयमा आयोजित कार्यपालिका सांसदहरुलाई सहभागि गराउने निर्थक बिषय प्रवेश गराई बैठक बहिष्कार गराइएको बैठकमा सहभागी एक सदस्यले बताए। बैठकमा सहभागी नेकपाबाट निर्वाचित एक वडा अध्यक्षले हामीलाई सांसदको प्रेसर छ त्यसैले बैठकमा सहभागी हुन सक्दैनौं भनेर बाहिरएका थिए।

स्थानिय तह सञ्चालन ऐन, संवैधानिक व्यवस्थामा समेत उल्लेख नभएको माग राखेर बैठक बहिष्कार गर्नु तर्कसंगत नभएको स्थानियहरु बताउँछन्। कोभिड १९ को महामारीसँगको लडाईमा नेकपा संवेदनशील नभएको वैठक बहिष्कारबाट देखिएको नगरपालिकाका एक वडा अध्यक्षले बताए।

सांसद र नेकपा गोदावरी पार्टीको योजना अनुसार बैठक बहिष्कार गराइएको नेकपा स्रोतको दावी छ । ललितपुरका छ वटा स्थानीय तह मध्येको महत्वपूर्ण ठानिएको गोदावरीमा बहुमत बोर्ड सदस्य नेकपाका रहेका छन् । जम्मा २४ सदस्यीय बोर्डमा नेकपा समर्थित १६ जना र नेपाली कांग्रेस समर्थित ८ जना रहेका छन् ।

कार्यसम्पादनका हिसाबले उपत्यकाकै अग्रणी स्थानमा रहेको गोदावरी नगरलाई पत्रकार महासंघ ललितपुरले जिल्लाका स्थानिय तह मध्ये उत्कृष्ट कार्य गरेकोमा गत वर्ष सम्मान गरेको थियो। उक्त सम्मान महान्यायाधिवक्ता अग्नि खरेलले प्रदान गरेका थिए।

गोदावरी नगरपालिकामा निर्वाचित भएसँगै राजनितिक आस्थाका आधारमा निर्वाचित वडा अध्यक्ष, सदस्यलाई पुर्वाग्रह नराखी विकासका सवालमा सम्पुर्ण जनप्रतिनिधि एक ठाउमा उभिनु पर्ने विचारका साथ नगरपालिका सञ्चालन गर्दै आएको मेयर गजेन्द्र महर्जन बताउँछन्।

नियमित बैठक, परिषद् गरि नमुना प्रस्तुत गर्दै आईरहेको नगरपालिकामा केही स्वार्थ बोकेका नेताहरुले क्रिडास्थल बनाउन खोजेको आरोप लागेको छ। आम नागरिकले विकास र नगरबाट पाउनु पर्ने सुबिधा तथा कोरोनाको महामारीसँग जुध्न आवश्यक रहेको बेलामा नेकपाको नेताहरुको व्यवहारले स्थानिय नागरिक नै प्रभावित भएका छन्। गोदावरी नगरपालिका भित्र नेकपाले नेताहरुले देखाएको व्यवहारले सम्पूर्ण नगरवासीलाई असुविधा भएको स्थानियहरुको गुनासो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ