arrow

प्रदेश नं १ मा एकजना पत्रकारमा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ जेठ ३ शनिबार
press-jourlalist.jpg

विराटनगर। प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ। उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ। उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ। उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उनी स्थलगत रिपोर्टिङ गरेका थिए। उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ