arrow

इटलीद्वारा जुनदेखि यात्रा अनुमति दिने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ जेठ ३ शनिबार
corona-italy111.jpg

रोम, इटली। इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ। स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ। बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ। मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि  हटाइनेछ। इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो।

सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो। जसको शुरूमा यूरोपेली मुलुकहरूमा आलोचना पनि भएको थियो तर इटलीले बन्दाबन्दी नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो।

इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ। जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ।

इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ। यहाँ एकलाख २० हजार २०५ जना निको भएर घर फर्किएका छन्। इटलीभरी अझै ७२ हजार ७० व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८०८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ