आरडीटी टेस्टमा कोरोना देखिएका कामनपाका ३१ कर्मचारीको पीसीआर परिक्षणमा देखिएन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३ शनिबार
443
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको आरडीटी परिक्षणका क्रममा देखिएको कोरोना पीसीआर परिक्षणमा नेगेटीभ देखिएको छ।
महानगरपालिकाले आफ्ना सफाई कर्मचारीका लागि केहि दिनदेखि आरडीटी विधीबाट परिक्षण गरिरहेको थियो। यसक्रममा शुक्रवार ५ सय कर्मचारीको आरडीटी टेस्ट गरिदा ३१ को पोजेटीभ देखिएको थियो।
टेस्ट गरिएका मध्ये ३१ जनालाई कोरोना पोजेटीभ देखिएका सबैलाई महानगरपालिकाले शुक्रवार क्वारेन्टाइनमा राखेर पीसीआर परिक्षण गरिएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताएका थिए।
पीसीआर परिक्षणमा ३१ जना सबैको नेगेटीभ आएको महानगर स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट नेगेटीभ आएपनि ७ दिनसम्म घरमै बस्न निर्देशन दिइएको छ।
शुक्रवार परिक्षण गरिएकाहरु अधिकांश महानगरका सफाइ कर्मचारीहरु हुन्।