arrow

अमेरिकामा कोरोना संक्रमित उस्तै, मृतक केही घटे

अमेरिकामा कोरोनाबाट मृत्यु हुन थालेपछि शनिबार पहिलो पटक रोकियो न्यूयोर्कमा मृत्यु

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
trump-corona.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या अझै घटेको छैन । गत हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका थिए । तर शनिबार भने संक्रमितको गति उही रहँदा मृतक भने घटेका छन् । 

विश्वभर ४७ लाख १७ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १५ लाख ७ हजार ८७४ जना संक्रमित भएका छन् । शनिबार २३ हजार ५८९ जना थपिएका छन् । 

मृतकको संख्या ८९ हजार ५९६ पुगेको छ । नयाँ मृतक २४ घण्टामा १ हजार ८९ जना थपिएका छन् । यसअघिका दिनमा दैनिक १५ सय भन्दा बढीको ज्यान जाँदै आएको थियो । 

निको हुनेको संख्या ३ लाख ३९ हजार १९९ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ५८ हजार ९६ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ५७३ पुगेको छ । पहिलो पटक न्यूयोर्कमा शनिबार एक जनाको पनि ज्यान गएन ।

न्यूजर्सीमा १ लाख ४६ हजार ८९९  जना संक्रमित हुँदा १० हजार २६० जनाको ज्यान गएको छ । 

थपिएका नयाँ मृतक सबैभन्दा बढी मासाचुसेट्समा ११३ जना हुन् । संक्रमित २४ घण्टामा सबैभन्दा बढी न्यूयोर्कमा २ हजार १३२ जना रहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 

उनले कुनै पनि हालतमा अब लकडाउन खोल्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ