arrow

विश्वमा कोरोनाबाट एकैदिन ९६ हजार संक्रमित, मृतक घटे, यस्तो छ शीर्ष २९ देशको आँकडा

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार बिहानसम्म ४७ लाख १७ हजार नाघेको छ । एकै दिन ९५ हजार ६७० संक्रमित थपिएका छन् । 

मृतकको संख्या अहिलेसम्म ३ लाख १२ हजार ३९२ जनाको ज्यान गएको छ । शनिबार मृतक केही घटेका छन् । २४ घण्टामा ४ हजार २३८ जनाको ज्यान गएको छ । 

निको हुनेको संख्या १८ लाख १० हजार ११९ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख ७ हजार ९२५ पुगेको छ । ८९ हजार ६०३ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको स्पेनमा २ लाख ७६ हजार ५०५ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ५६३ पुगेको छ । 

रुस तेस्रो स्थानमा छ । हरेक दिनजसो १० हजारको हाराहारीमा संक्रमित भइरहँदा रुस दोस्रो स्थानतिर अगाडि बढेको छ । रुसमा संक्रमित २ लाख ७२ हजार ४३ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ५३७ जना पुगेका छन् । 

बेलायत चौथो स्थानमा छ । बेलायतमा संक्रमितको संख्या २ लाख ४० हजार १६१ पुगेको छ । मृतक ३४ हजार ४६६ रहेका छन् । 

पाँचौ स्थानमा पुगेको ब्राजिलमा २ लाख ३३ हजार १४२ जना संक्रमित हुँदा मृतक १५ हजार ६३३ पुगेको छ । 

छैटौं स्थानको इटालीमा २ लाख २४ हजार ७६० जना संक्रमित हुँदा ३१ हजार ७६३ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ७९ हजार ३६५ जना संक्रमित हुँदा २७ हजार ६२५ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७६ हजार २४७ जना संक्रमित हुँदा ८ हजार २७ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ४८ हजार ६७ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार ९६ छ । 

दशौं स्थानको इरानमा १ लाख १८ हजार ३९२ जना संक्रमित हुँदा ६ हजार ९३७ जनाको ज्यान गएको छ । 

११ औं स्थानको भारतमा ९० हजार ६४८ जना संक्रमित भएका छन् । २ हजार ८७१ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा पेरु रहेको छ । संक्रमितको संख्या ८८ हजार ५४१ जना रहेकामा मृतकको संख्या २ हजार ५२३ रहेको छ । 

१३ औं स्थानको चीनमा ८२ हजार ९४१ जना संक्रमित हुँदा ४ हजार ६३३ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७५ हजार ८६४ जना संक्रमित हुँदा ५ हजार ६७९ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५४ हजार ९८९ जना संक्रमित हुँदा मृतक ९ हजार ५ पुगेका छन् ।

१६ औं स्थानको साउदी अरेबियामा ५२ हजार १६ जना संक्रमित हुँदा ३०२ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको मेक्सिकोमा ४५ हजार ३२ जना संक्रमित हुँदा ४ हजार ७६७ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको नेदरल्यान्डमा ४३ हजार ८७० जना संक्रमित हुँदा ५ हजार ६७० जनाको ज्यान गएको छ । 

१९ औं स्थानको चिलीमा ४१ हजार ४२८ जना संक्रमित हुँदा ४२१ जनाको मृत्यु भएको छ ।

२० औं स्थानको पाकिस्तानमा ३८ हजार ७९९ जना संक्रमित हुँदा ८३४ जनाको ज्यान गएको हो । 

२१ औं स्थानको इक्वेडरमा ३२ हजार ७६३ जना संक्रमित हुँदा २ हजार ६८८ को ज्यान गएको छ ।

 २२ औं स्थानको कतारमा संक्रमितको संख्या ३० हजार ९७२ हुँदा १५ जनाले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको स्वीटजरल्यान्डमा ३० हजार ५७२ जना संक्रमित हुँदा १ हजार ८७९ जनाको ज्यान गएको छ ।  

२४ औं स्थानको स्वीडेनमा २९ हजार ६७७ जना संक्रमित हुँदा ३ हजार ६७४ जनाको ज्यान गएको हो ।

२५ औं स्थानको पोर्चुगलमा २८ हजार ८१० जना संक्रमित हुँदा १ हजार २०३ जनाको ज्यान गएको छ ।

२६ औं स्थानको बेलारुसमा २८ हजार ६८१ जना संक्रमित हुँदा १६० जनाको मात्र ज्यान गएको छ ।

२७ औं स्थानको सिंगापुमा २७ हजार ३५६ जना संक्रमित हुँदा २२ जनाको मात्र ज्यान गएको छ ।

२८औं स्थानको आयरल्यान्डमा २४ हजार ४८ जना संक्रमित हुँदा १ हजार ५३३ जनाको ज्यान गएको छ ।

२९ औं स्थानको युएईमा २२ हजार ६२७ जना संक्रमित हुँदा २१४ जनाको ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ