कोरोनाले रोकिएको जर्मन बुन्डेसलिगा चालु, डर्टमण्डसंग शाल्के निरीह
बन्द रंगशालामा खेल, लिग चालु गर्ने जर्मनी पहिलो देश
प्रकाशित २०७७ जेठ ४ आइतबार
583
Shares
काठमाडौं । कोरोना भाइरसले रोकिएको जर्मन बुन्डेस लिगा फुटबल पुनः चालु भएको छ । विश्वमा कुनै पनि देशमा रोकिएका लिगहरु चालु हुन नसक्दा जर्मनी लिग चालु गर्ने पहिलो देश भएको छ ।
शनिबार राति ६ खेल भएका छन् । उक्त खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ। डर्टमण्डले शाल्केलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।
डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।
त्यस्तै अन्य खेलमा आग्सबर्ग वुल्फबर्गसंग २–१ गोलले पराजित भएको छ । पादरबर्नले फर्टुनासंग गोलरहित बराबरी खेलेको छ । हेर्थाले होफेनहेमलाई ३–० गोलले हराएको छ ।