arrow

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहको हमला, प्रहरीद्धारा जबाफी फायरिङ

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ जेठ ४ आइतबार
dasgaja_dil1.jpg

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा शनिवार साँझ गोली चलेको छ । नेपाल र भारतको बोर्डर दशगजा क्षेत्रमा ठूलो संख्यामा भारतीय नागरिकको समूह नेपाल छिर्न खोजेपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले फाइरिङ गरेको हो । 

भारतीय समूहले प्रहरीमाथि हमलाको प्रयास गरेपछि प्रहरीले फायरिङ गरेको स्थानीयले बताएका छन् ।

घटनाको जिल्लास्थित सुरक्षा स्रोतले पुष्टि गर्दै १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीको टोलीमाथि हमला प्रयास भएपछि फायरिङ गर्नु परेको जनाएको छ ।

राति कचनकवल गाउँपालिका वडा न १ घेराबारीमा सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीहरुमाथि भारतीय नागरिकहरुबाट हमला प्रयास भए पश्चात् जबाफी रुपमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले फायरिङ खोलेको जिल्ला सुरक्षा स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ